जनकपुरधाम, मङ्सिर ७ गते । जयनगर–जनकपुर सञ्चालन भइरहेको नेपाल रेलको सेवामा तीन दिन थप सेवा सञ्चालन गरिने भएको छ ।
जनकपुरधाममा आयोजना हुन गइरहेको विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखेर तीन दिन थप सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।
दैनिक दुई पटक आउने र जाने गरी सञ्चालन भइरहेको रेल सेवा यहीँ मङ्सिर ११, १२ र १३ गते थप एक सेवा गरी सो तीन दिन तीन पटक सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिए ।
मेलामा सहभागी हुन आउने तर्थयात्री, यात्रुगण तथा सर्वसाधारणको चापलाई दुष्टिगत गरी रेल सेवा थप गरिएको उनले बताए ।
तीन दिन बिहान ८ः३० बजे जयनगर–कुर्था, दिउँसो १२ः३० बजे जयनगर–जनकपुर र दिउँसो ३ बजे जयनगर–कुर्था रेल सेवा सञ्चालन गरिने समय निर्धारण गरिएको छ ।
त्यस्तै, कुर्था–जयनगर बिहान १०ः४५ बजे, जनकपुर–जयनगर दिउँसो १ः४० बजे र कुर्था–जयनगर
दिउँसो ५ः१५ बजे रेल सञ्चालनको तयारी गरिएको महाप्रबन्धक झाले जानकारी दिए ।









तपाईको प्रतिक्रिया