TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश प्रदेशमा एमाले प्रतिनिधि र प्रदेशमा ठूलो दल नेका दोस्रो, जसपा तेस्रो, लोसपा चौथो, जनमत पाँचौ स्थानमा


मधेश प्रदेशमा एमाले प्रतिनिधि र प्रदेशमा ठूलो दल नेका दोस्रो, जसपा तेस्रो, लोसपा चौथो, जनमत पाँचौ स्थानमा
ADVERTISEMENT

मधेश प्रदेशमा निषेध गरिएको एमाले आम निर्वाचनमा प्रतिनिधि र प्रदेश दुबै तर्फ सबै भन्दा ठूला दल बनेको छ ।


निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा मधेश प्रदेशको ३२ प्रतिनिधि सभा सदस्य मध्ये नेकपा एमालेले ८ स्थानमा विजय हासिल गरेको छ ।एक स्थान(धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४)मा अग्रता लिएको छ । २०७३ सालको फागुन २३ मा एमालेलाई मधेश प्रदेशमा रोक लगाउँदा मलेठ घटना भएको थियो ।सो घटनामा ५ जनाको ज्यान गएको थियो ।२०७४ सालको आम निर्वाचनमा मधेश प्रदेशबाट लीलानाथ श्रेष्ठ र रघुवीर महासेठ मात्र निर्वाचित भएका थिए । मधेश विरोधी दलको रुपमा प्रचारित कांग्रेसलेपनि प्रतिनिधि सभा सदस्य तर्फ प्रत्यक्षमा ७ स्थानमा जित हात पारेको छ ।सो संख्या सहित कांग्रेस दोस्रो स्थानमा रहेको छ । पहिचान सहित प्रदेशको नामकरण र संघीयताका लागि लामो आन्दोलन गरेका जनता समाजवादी पार्टी(जसपा) तेस्रो नम्बरमा खुम्चेको छ ।

जसपाले मधेश प्रदेशमा प्रतिनिधि सभा तर्फ ६ सिट मात्र जित्न सकेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी जिल्लाको क्षेत्र नम्बर २ बाट चुनावमा पराजित भएका छन् ।उनलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पराजित गरेका हुन् । मधेश आन्दोलनमा रहेका अर्का दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) चौथो स्थानमा सीमित भएको छ ।

प्रतिनिधिसभातर्फ लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारी सहित ३ जनाले जितेका छन् । नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल सहित प्रतिनिधिसभामा मधेश प्रदेशबाट २ जना पुगेका छन् ।जनमत पार्टीका अध्यक्ष राउत मात्र एकजना चुनिएका छन् ।प्रभु साह , डा.अमरेश सिंह र किरण कुमार साह सहित ३ जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । मधेश प्रदेशको प्रदेश सभामा पनि प्रत्यक्षतर्फ एमाले नै ठूलो दल बनेको छ ।घोषित परिणाम अनुसार एमालेले प्रदेश सभाको १४ स्थानमा जित हासिल गरिसकेको छ ।धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ख मा जारी मतगणनामा एमालेका उम्मेदवार हरिनारायण महतोले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसले प्रदेश सभामा प्रत्यक्षतर्फ १३ स्थानमा जितेको छ ।जसपाले ९ स्थान र लोसपाले ७ स्थानमा जित हासिल गरेका छन् ।जनमत पार्टीको ६ माओवादी केन्द्रको ४, नेकपा एकीकृत समाजवादी(एस)को ४ र स्वतन्त्रले ६ स्थान जितेका छन् । समानुपातिकतर्फको मत गणना अनुसार प्रदेश सभामा नेपाली कांग्रेस ठूलो दल बन्ने संभावना बलियो छ ।

२०७४ सालको आमचुनावमा तत्कालीन प्रदेश–२ मा सबै भन्दा ठूलो दल जसपा र दोस्रो दल लोसपा रहेको थियो ।पहिचान सहितको मधेश प्रदेश भएपछि तेस्रो र चौथो स्थानमा झरेको छ ।मधेश प्रदेशमा जसपाको नेतृत्वमा रहेको सरकार पूर्ण कार्यकाल पूरा गरेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
विश्वकपमा स्पेन र जर्मनीले बराबरी खेले

विश्वकपमा स्पेन र जर्मनीले बराबरी खेले

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य