TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भारतीय प्रम मोदीले घोषणा गरेको रकम अझै आएन


भारतीय प्रम मोदीले घोषणा गरेको रकम अझै आएन
ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्ष अघि जनकपुरधाम भ्रमणका क्रममा जनकपुर क्षेत्रको विकासका लागि गरेको २८ वैशाख ०७५ मा भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदा जनकपुरको विकासका लागि १ अर्व भारतीय रकमको घोषणा गरेका थिए । तर, त्यसको ४ वर्षभन्दा बढी भइसक्दा पनि सो रकम आउने सकेको छैन । भारत सरकारले सहयोगमा दिने उक्त रकम कहिले आउने हो विषयमा नेपाल पक्ष अझै अनभिज्ञ नै छ ।


जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साहले भारतीय प्रधानामन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासको लागि घोषणा गरेको रकम कहिले आउने विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए । भारत सरकारले जनकपुरधामको विकासमा सहयोग गर्ने घोषणा गरेको थियो,मेयर साहले भने,‘ तर त्यसका लागि न नेपाल पक्षबाट राम्रो पहल भयो न त भारतीय पक्षबाटै चासो लिइयो । त्यसकारण अहिले अन्यौलको अवस्थामा छ ।’ भारत कुन काममा सहयोग गर्ने त्यसको विषयमा स्थानीय सरकार जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रदेश सरकार र संघीय सरकारबीच न त छलफल भयो र न त कुनै सहकार्य नै भएको छैनन्,मेयर साहले भने,‘ यस्तो अवस्थामा भारत सरकारले पनि कहाँ कुन काम गरिदिने ? कुन कामको लागि पैसा दिने ? जस्ता प्रश्न उठछ । त्यसकारण यो नेपालतर्फको कमीकमजोरी हो ।

तर भारतीय पक्षले पनि चासो नलिनुले पनि यो काम अगाडि बढ्न सकेको छैन ।’ काठमाण्डुस्थित भारतीय दूतावासले उक्त रकमका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकालाई योजनासहित प्रस्ताव पठाउन झण्डै दुई वर्ष अघि पत्राचार गरेको थियो । सोही अनुसार मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयले दूतावासमा गुरुयोजनासहित प्रस्ताव पठाएको थियो ।तर, परिषद् र उपमहानगरपालिकासँग समन्वय नभएको बताउँदै दूतावासबाट प्रस्ताव फिर्ता आएको थियो । त्यसपछि वृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा प्रदेश सरकारसँग समन्वय गरेर एक अलग प्रस्ताव दूतावासमा पठाइएको थियो । उक्त प्रस्तावमा परिक्रमा अन्तर्गत नेपालभित्रका १० वटा विश्रामस्थल र जनकपुरको रंगभूमि मैदानलाई सौन्र्दयकरण सहितका कार्यहरु समावेश गरिएको थियो । पछि त्यो प्रस्ताव पनि पास भएन । ४ महिना अघि वृहत्तरले जनकपुरधाम स्थित गोपाल धर्मशालाको तीन विघा जग्गामा आधुनिक धर्मशाला निर्माण, भ्यू टावर, व्यवसायिक प्रतिष्ठानका लागि सटरहरु निर्माण गर्ने लगायतका प्रस्ताव तयार गरी पठाएको थियो ।

केही दिन अघि मात्रै जिम्मेवारी बाट अवकास पाएका वृहतर जनकपुरका निर्देशक बलराम ठाकुरले भने,’ पछिल्लो पटक पठाएको प्रस्तावमा भारतीय पक्ष सहमत छ । तर गोपाल धर्मशालाको जग्गा गुठी संस्थान मातहतको रहेकोले जग्गा अधिग्रहण प्रक्रिया पूरा भएपछि मात्रै त्यो अगाडि बढ्ने कुरा भएको छ । तर अहिलेसम्म जग्गा अधिग्रहण नै नभएकोले त्यो कार्य रोकिएको हो ।‘

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
पाकिस्तानी तालिबानद्वारा सरकारसँगको शान्ति सम्झौता भंग गरेको घोषणा

पाकिस्तानी तालिबानद्वारा सरकारसँगको शान्ति सम्झौता भंग गरेको घोषणा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य