नेकपा एमालेका सचिव रघुवीर महासेठ धनुषा–४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ ।
यसअघि धनुषा–३ बाट उहाँकी श्रीमती जुलीकुमारी महतो (महासेठ) निर्वाचित हुनुभएको थियो । एमालेका रघुवीरले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतले पराजित गर्नुभयो।महासेठले ३२ हजार २ सय ३६ मत ल्याउँदा यादवले ३२ हजार १ सय १२ मत प्राप्त गर्नुभयो । महासेठ २०७४ को चुनावमा समेत धनुषा–४ बाट विजयी हुनुभएको थियो । यो दोस्रो जित हो । जुलीकुमारीले ३३ हजार ३८८ मतसहित लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई हराउनुभएको थियो।झाले २३ हजार ६८६ मत प्राप्त गर्नुभयो । नेकपा एमालेले मधेस प्रदेशमा ९ वटा क्षेत्रमा जितेको छ ।
महासेठ दम्पतीको जितसँगै इतिहास पनि दोहोरिएको छ । यसअघि यो इतिहास हेमबहादुर मल्लले बनाउनुभएको थियो ।









तपाईको प्रतिक्रिया