TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

ऋणभारको कारण व्यवसायीद्वारा आत्महत्या


ऋणभारको कारण व्यवसायीद्वारा आत्महत्या
ADVERTISEMENT

सिरहा जिल्लाको गोलबजारको व्यवसायिक कारोबार बुधवार व्यापारीहरुले बन्द गरेका छन् ।


गोलबजार नगरपालिकाको वडा नम्बर –४ मा हार्डवेयरको व्यवसाय गर्ने एकजना व्यवसायीले ऋणभारको दबाब खप्न नसकी आत्महत्या गरेको बताइएको छ । सिरहा लहानपछिको ठूलो बजार मानिने गोलबजारका युवा व्यवसायी पप्पु महासेठले बैंकको ऋणको ताकेतालाई सहन गर्न नसकी आत्महत्या गरेको स्थानीय व्यवसायीहरुले जनाएका छन् । गोलबजार नपा–४ मा रहेको राजदेवी इन्टरप्राइजेजका संचालक पप्पु महासेठले ऋणभारको बढदो चाप र बैंकहरुको कडा ताकेताको कारण आत्महत्या गरेको उद्योग व्यापार संघ गोलबजारका महासचिव राकेश गुप्ताले जनाए । ‘क्षमतावान युवा व्यवसायी महासेठ सामान्य कारणबाट आत्महत्या गर्न सक्ने थिएनन्’ गुप्ताले भने, उनको निधनबाट सम्पूर्ण व्यवसायीहरु स्तब्ध छन् ।टायल्स , मार्वल लगायत हार्डवेयरका व्यवसायी महासेठले पूर्व मन्त्री समेत रहेका नवनिर्वाचित प्रदेश सभासदस्य अनिरुद्ध सिंह कोइरीको निवाससँगै रहेको गोदाम घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । महासेठको असामायिक निधनले गोलबजारका सम्पूर्ण व्यापारी आज दिनभरि आ–आफ्नो पसल बन्द गरेर शोक मनाउने बताएका छन। उनले भने, बैंकको ब्याजदर दोब्बर भएको हुनाले बैंकको प्रेसर र व्यक्तिगत प्रेसर झेल्न नसकेको कारण महासेठले आत्महत्या गरेको गुप्ताले बताएका छन ।

‘बैंकको बढदो ब्याजदर सहितको ऋणभारलाई उद्योगी व्यवसायीहरुले धान्न सक्ने अवस्था छैन्’ गुप्ताले भने, बैंकहरुलाई ब्याज घटाउन देशैभरिका उद्योगी व्यवसायीहरुले विरोधगर्दै सडकमा उत्रेका थिए ।तर बैंक सञ्चालक र सरकारले त्यसलाई गंभीरतापूर्वक नलिएको आरोप गुप्ताले लगाए ।व्यवसायप्रति पूर्णरुपमा समर्पित महासेठको कारोबारमा केही महिनादेखि कमी आएको स्थानीयहरुको कथन छ । बैंकहरुले निरन्तर बढाइरहेको ब्याजदर, व्यवसायमा मन्दी, उधारो असुलीमा समस्या लगायतले उद्योगी व्यवसायीहरु भारी दबाबमा रहेका छन् ।व्यवसायमा पुँजी लगाउनु पर्ने तर बैंकले ब्याज र किस्ता बुझाउन पसलमै गएर दबाब दिने गरेका छन् । ‘मध्यमवर्गीय प्रतिष्ठित व्यवसायीहरुका लागि बैंकको ऋण, ब्याज सर्वाधिक तनावको कारण बनेको छ ’गुप्ताले भने, सरकार र बैंक सञ्चालकहरुले समयमै ध्यान नदिए उद्य्रोग, व्यवसायको क्षेत्रमा गंभीर समस्या आउन सक्छ । आत्महत्या भएको घटनास्थलमा कुनै ‘सुसाइड नोट’ फेला नपरेको गोलबजार इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी )राजु केसीले बताए । ‘महासेठले आत्महत्या नै गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ डीएसपी केसीले भने, पोष्टमार्टमको रिर्पोट आएपछि विभिन्न कोणहरुबाट अनुसन्धान थालिने छ ।

आत्महत्याको कारणबारे अहिले नै यकिन गर्न नसकिने डीएसपी केसीले बताए । १० वर्षदेखि व्यवसायमा लागेका महासेठको ५ वर्षीया एकजना छोरी र ३ वर्षीय एकजना छोरा रहेका छन् । उनले ७ वर्ष अगाडि विवाह गरेका थिए । स्थानीय बासिन्दाहरुका अनुसार महासेठको मृत्युको कारण ‘प्रेम’पनि हुन सक्छ । युवतीसितको प्रेमको कारण महासेठको परिवारमा केही दिनदेखि तनाव रहेको समेत बताइएको छ ।प्रहरीले यस कोणबाट पनि अनुसन्धान थालिएको जनाएको छ ।यद्यपि महासेठकी प्रेमिका भनिएकी महिलाको बारेमा कुनै खुलासा हुन सकेको छैन् ।आधिकारिक रुपमा उनको परिवार अथवा प्रहरीले आत्महत्याको कारण महिला भएको पुष्टि गरेको छैन् ।महासेठको कल डिटेल र उनको पछिल्ला दिनहरुमा हुने भेंटघाटको क्रमलाई समेत अनुसन्धानको पाटो बनाइएको डीएसपी केसीले जनाए ।

बैंकको ऋणभारको विषयमा व्यवसायीहरुले जनाए पनि प्रेमप्रसंगको विषयमा उनीहरुले अनभिज्ञता प्रकट गरेका छन् ।प्रहरीका अनुसार घटनामा महिलाको संलग्नता देखिए कारबाहीको दायरामा ल्याइनेछ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अवैध सामान बरामद

अवैध सामान बरामद

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य