TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सहमहामन्त्री यादव पराजित पछि धनुषा कांग्रेसमा विवाद उत्पन्न


सहमहामन्त्री यादव पराजित पछि धनुषा कांग्रेसमा विवाद उत्पन्न
ADVERTISEMENT

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भएपछि धनुषा कांग्रेसमा विवाद उत्पन्न भएको छ ।


पराजित भए लगत्तै सहमहामन्त्री यादवले पूर्व राष्ट्रपति डा. रामवरण यादव र उहाँका छोरा डा. चन्द्रमोहन यादवले रघुवीर महासेठसँग मिलेर चुनाव हराएको आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसीहरुलाई रघुवीरको पक्षमा मतदान गर्न लगाएको प्रमाण समेत आफूसँग रहेको दाबी गर्नुभएको छ । डा. चन्द्रमोहन धनुषा कांग्रेसका प्रभावशाली नेता हुनुहुन्छ ।धनुषा चुनाव क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव महासेठसँग यादव १ सय २४ मतान्तर पराजित हुनुुभएको छ ।

महासेठले ३२ हजार २ सय ३६मत ल्याउनु भएको छ भने यादवले ३२ हजार १ सय १२ मत ल्याउनु भएको छ । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठ विजयी हुनुभएको हो ।महासेठ २०७४ को चुनावमा समेत यही चुनाव क्षेत्रबाट विजयी हुनुभएको थियो । २०७४ सालमा बाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ मत पाउनुुभएको थियो ।डा.चन्द्रमोहनलाई अनुशासनहीन कार्य गरेकाले तत्कालै कारबाही प्रकृया बढाउने सहमहामन्त्री यादवले चेतावनी दिनुुभएको छ । अहिले समाजिक सञ्जालमा महेन्द्र यादव समर्थक र डा. चन्द्रमोहन यादव समर्थकबीच आरोपप्रत्यारोप लगाउने काम भइरहेको छ । कांग्रेस नेता डा. यादवले महेन्द्रले हारेपछि झुटाे आरोप लगाएको बताउनुुभयो ।

डा. चन्द्रमोहन र महेन्द्र यादवबीच वर्षौँदेखि विवाद रहेको छ । दुवै मिल्दा राम्रो परिणाम आउँछ नमिल्दै दुवै पक्ष हार्ने गरेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका अवकाश प्राप्त प्राध्यापक रहेका राजनीतिक विश्लेषक शम्भुनाथ झाले बताउनुुभयो ।पालिका चुनावमा धनुषा ४ अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका र मिथिला बिहारी नगरपालिका कांग्रेसले जितेको छ भने क्षिरेश्वरनाथ नरपालिकाको बहुसङ्ख्यक वडा पनि जितेको छ । क्षिरेश्वरको नेतृत्व एमालेले जितेको छ भने मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा एमालेले जितेको छ । यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं.४, क्षिरेश्वरको वडा नं. ८ र ९, मिथिला बिहारी नगरपालिकाको १,३,४ र ५ वडा पर्दैन ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९, १३, १४, १९, २१ र २२ गरी पाँच वटा भने पर्दछ । यो क्षेत्रमा पर्ने वडाहरुमा वडाध्यक्ष पदका उम्मेदवारहरुले पाएको मत हेर्दा कांग्रेस र एमालेको शक्ति उस्ताउस्तै देखिन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २६ हजार १५९ मत पाउँदा एमालेकाले २४ हजार ३९४ मत पाएका थिए । जसपाले ८ हजार ३८८, एकीकृत समाजवादीले ८ हजार १६४, माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले एक हजार ९५० मत पाएका थिए ।कांग्रेसबाट प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवार रहेका कुमरकान्त झाले स्थानीय चुनावमा पाएको मत र गठबन्धनमा रहेको दलहरुको साथ नै आफूहरुको जितको आधार भएको तर आफ्नै पार्टीका केही नेताका कारण हुन नसकेको बताउनुुभयो । कांग्रेसले पाँचमध्ये ४ वटा पालिका जितेको छ । ४२ मध्ये २४ वडामा हाम्रो वडाध्यक्ष हाम्रो छ, सत्ता गठबन्धनको मत जोड्दा एमालेभन्दा करिब दोब्बर थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मदरसामा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

मदरसामा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य