धनुषामा विंगर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । नौ जना घाइते भएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट इटहरी जन्ती गएर फर्किँदै गरेको विंगर आज बिहान साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो । मृतक बालक ११ वर्षीय बालक एस कुमार पिपराका र ३५ वर्षीय रुवीकुमारी साह धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका छन्।
अन्यको परिचय खुलेको छैन ।घटना सम्बन्धि विस्तृत विवरण आउन बाँकी छ ।









तपाईको प्रतिक्रिया