TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश प्रदेशमा पुरुष अभागी


मधेश प्रदेशमा पुरुष अभागी
ADVERTISEMENT

मधेश प्रदेशमा समानुपातिकतर्फ पुरुषहरु अभागी देखिएका छन् ।


एक नम्बरमा नाम रहेका पुरुषहरुलाई पछार्दै भाग्यमानी महिलाहरु प्रदेशसभाका लागि यात्रा तय गर्ने भएकी छन् । मधेश प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिने ४३ सांसदमध्ये मधेशी ५४.३६ प्रतिशत, दलित १७.२९ प्रतिशत, मुस्लिम ११.५८ प्रतिशत, जनजाति ६.६१ प्रतिशत र खसआर्य ४.८९ प्रतिशत समावेश गराउनु पर्ने हुन्छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २५.१७ र पिछडिएका क्षेत्रबाट २.११ प्रतिशत नाम समावेश हुनुपर्दछ । मधेश प्रदेश सभाका कुल १ सय ७ सदस्यमध्ये ३६ जना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार दलहरुले समानुपातिक प्रणालीबाट ३१ जना महिलालाई छनोट गर्नु पर्नेछ । मधेश प्रदेशमा प्रत्यक्षबाट चारजना महिला निर्वाचित भइसकेकी छन् ।

प्रदेशसभामा प्रत्यक्षतर्फ महोत्तरी १ (क) बाट नेकपा एमालेकी शारदा थापा, महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह, महोत्तरी ३ (ख) बाट लोसपाकी रानी कुमारी तिवारी र सर्लाही १ (ख) बाट नेकपा एसकी बेची लुंगेली निर्वाचित भएकी छन् । तर, प्रत्येक पार्टीले समानुपातिकमा महिला ३३ प्रतिशत पुर्याउनु पर्नेछ । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ सदस्य छानिन्छन् । तर,महोत्तरी निर्वाचन क्षेत्र नम्वर २ को (ख)बाट स्वतन्त्र विजयी भएकी सुरिता साहलाई त्यसमा जोडिने छैन् । मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेले १५, कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमतले ६, नेकपा एस र माओवादीले ४/४ सिट जितेको छ भने ६ जना स्वतन्त्र निर्वाचित भएका छन् । समानुपातिकबाट कांग्रेसले ९, एमालेले ८, जनमत पार्टीले ७, जसपाले ६, माओवादीले ४, नेकपा एसले ३, लोसपाले २ र राप्रपा, नेपाल संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले १÷१ सिट पाएका छन् । नेपाली कांग्रेसले मधेश प्रदेशसभामा समानुपातिकतर्फ पाएको ९ सिटमा ७ जना महिलालाई समावेश गर्नुपर्नेमा मधेशी कोटाबाट रेखा ठाकुर, जिवछीकुमारी यादव, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम छनोट गरेको छ ।

त्यस्तै, दलित कोटाबाट शकुन्तीदेवी महरा, मुस्लिमबाट नुरुन नेसा, जनजातिबाट मीनाकुमारी लामाको नाम छनोट गरेको छ भने मधेशी पुरुषबाट कुमरकान्त झा र राकेशकुमार सिंह समानुपातिक सांसद बन्ने भएका छन् । नेकपा एमालेले मधेश प्रदेशसभामा समानुपातिकतर्फ पाएको ८ सिटमा मधेशी महिलाबाट पल्टी देवी यादव, फुलो कुमारी देवी, विना देवी शर्मा र राजपतीदेवी जैसवालको नाम छनोट गरेको छ भने दलितबाट पल्टीदेवी महरा, मुस्लिमबाट जैनव खातुन, जनजातिबाट मञ्जुकुमारी थापामगर र पुरुषतर्फ मधेशीमा जयचन्द्र प्रसाद पटेललाई समानुपातिक सांसद बनाउन लागेको छ । जनमत पार्टीले पाएको समानुपातिक कोटाको ७ सिटमा मधेश प्रदेशसभामा मधेशी महिलाबाट बबिताकुमारी राउत इसर र अनिताकुमारी साहको नाम समावेश गरेको छ भने दलितबाट रञ्जुकुमारी मण्डल खंग, सपना दर्जी र पुरुष मधेशीबाट चन्दन कुमार सिंह, ऋषिकेश ठाकुर तथा दलितबाट सत्यनारायण खंग खत्वे सांसद बन्ने भएका छन् । उता, जसपाले पाएको समानुपातिक ६ सिटमा महिला मधेशीबाट विन्दुकुमारी यादव, किरणकुमारी साह र शोभादेवी देवलाई सांसद बनाउने भएको छ भने दलितबाट ललिता दास, मुस्लिमबाट शहिदा खातुन र मधेशी पुरुषबाट मनिषकुमार सुमनको नाम छनोट गरिएको छ ।नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ पाएको ४ सिटमा मधेशी महिलाबाट सुनिता यादव र माला कर्णलाई सांसद बनाउन लागेको छ भने दलितबाट शारदा पहाडी तथा मधेशी पुरुषबाट झल्कु यादव सांसद बन्न लागेका छन् । नेकपा एकीकृत समाजवादीले पाएको ३ सिटमा मधेशी महिलाबाट सीताकुमारी देवी साह र मधेशी पुरुषबाट रत्नेश्वर गोइत यादव तथा सुरेन्द्रलाल कर्णलाई समानुपातिक सांसद बनाउने भएको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ पाएको दुई सिटमा मधेशी महिलाबाट रुपाकुमारी यादव र दलितबाट अञ्जुदेवी बैठालाई सांसद बनाउने निर्णय गरेको छ । उता,राप्रपाले शम्भुप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीले मोहम्मद मोसाहिद हुसेन र नागरिक उन्मुक्ति पार्टीले उर्मिलादेवी सिंहलाई समानुपातिक सांसद बनाउने भएको छ । मधेश प्रदेशमा एमाले, कांग्रेस वा जसपाले स्वतन्त्र उम्मेदवारलाई समेटेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना देखिन्छ । यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २ ९ सिटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेसो दल बनेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सडकमा शवसहित प्रदर्शन

सडकमा शवसहित प्रदर्शन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य