महाकाली नदीमा भारतले एकतर्फी बनाइरहेको तटबन्धको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाउने भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली स्वाभिमानलाई मिचेकै कारण नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाउन लागेको जानकारी दिनुभएको हो ।
झापा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले महाकाली नदीमा भारतले बनाइरहेको तटबन्धले नेपाली स्वाभिमानलाई मिचेको बताउनुभयो ।मंगलबार झापाको धुलाबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेपाली स्वाभिमानलाई कायम राख्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।आफ्नो क्षेत्रका बासिन्दालाई समस्या पर्दा आफू उपस्थित हुने र समस्यामा आफूलाई सम्झन उहाँले मतदातालाई आग्रह गर्नुभयो ।









तपाईको प्रतिक्रिया