TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सत्तागठबन्धनका लागि जसपा अनिवार्य : प्रदेश १, मधेश र लुम्बिनी प्रदेशमा निर्णायक


सत्तागठबन्धनका लागि जसपा अनिवार्य : प्रदेश १, मधेश र लुम्बिनी प्रदेशमा निर्णायक
ADVERTISEMENT

आमनिर्वाचनको नतिजा सार्वजनिक भएसँगै सरकार गठनका लागि दलहरु छलफलमा जुटेको बेला ७ मध्ये ३ प्रदेशमा सत्ताको साँचो जनता समाजवादी पार्टी(जसपा)सित रहेको छ । हालको सत्ता गठबन्धनलाई प्रदेश १ मा सरकार बनाउन १ जना सांसद अपुग छ ।नेकपा एमाले गठबन्धनलाई पनि सरकार बनाउन १ जना मात्र सांसद पुगेको छैन् । सो प्रदेशमा जसपाले १ जना सांसद समानुपातिकतर्फबाट पाएको छ ।


दुबै गठबन्धनका लागि जसपाको समर्थन अत्यन्त महत्वपूर्ण भएकोछ ।दुबै गठबन्धनले प्रदेश १ मा सरकार बनाउने प्रयास गरिरहेको छ । सरकार गठनको प्रक्रियामा जसपा मौन छ ।प्रचण्ड र सी के राउत बाहेकका नेताहरुसित जसपा अध्यक्ष उपेन्द्र यादवको राजनीतिक भेटघाट भएको छैन् ।सत्तारुढ गठबन्धन र एमाले गठबन्धनले उनलाई सोधखोज नगरेको पार्टी स्रोतले जनाए । सरकार बनाउन चाहिने गणितीय संख्या संघीय सरकारकालागि पनि अपुग छ ।संघीय सरकार गठनमा सत्तारुढ दलले जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)वा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को समर्थनमा सरकार बनाउन सक्छ ।तर जनमत बाहेक सत्तारुढ गठबन्धनसित रास्वपा र राप्रपा जाने संभावना न्यून छ । प्रदेश १ मा सरकार बनाउन सत्तारुढ गठबन्धनका लागि जसपा अनिवार्य भएकाले मधेश प्रदेश र लुम्बिनी प्रदेशमा पनि जसपाको साथ लिन सत्तारुढ गठबन्धनले साथ खोजेको छ ।

जसपाको विकल्पको रुपमा जनमत पार्टी संघीय सरकार र मधेश प्रदेशमा भए पनि लुम्बिनी र प्रदेश १ मा जसपा नै चाहिएको छ । सत्तारुढ गठबन्धनमा हाल कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चा रहेका छन् ।चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) गठबन्धनमा रहे पनि उसले राष्ट्रिय दलको हैसियत प्राप्त गर्न असफल भएकाले गठबन्धनमा समावेश गरिएको छैन् । जसपा अध्यक्ष यादवले एमालेसित गरिएको चुनावी गठबन्धन परिणाम घोषणा भएसँगै समाप्त भएको सार्वजनिक रुपमा बताइसकेका छन् ।उनी सरकार बनाउने दौडबाट आफूलाई बाहिर राखेका छन् । सरकारका लागि कुनै दलसित तालमेल अथवा गठबन्धनका लागि पहल नगरेको जसपाका आर्थिक विभाग प्रमुख विजय कुमार यादवले बताए ।‘केही नेताहरु अध्यक्षजीको सम्पर्कमा हुनुहुन्छ’ उनले भने, तर अहिले नै सरकारमा जाने वा नजाने विषयमा पार्टी निर्णयमा पुगिसकेको छैन् । चुनावपछि पार्टी कार्यकारिणी समितिको बैठक पनि नबसेको र सबै नेताहरु राजधानी पनि नआएको उनले बताए ।‘मंसिर मसान्त भित्र चुनावको समीक्षा गरी रिर्पोट पठाउन सबै कमिटीलाई निर्देशन दिएकोछ’ उनले भने, प्रतिवेदन प्राप्त भएपछि पार्टीको बैठक बस्ने छ ।

सरकार गठन प्रक्रियामा सहभागी हुन सर्वाधिक दौडधुपमा जनमतका अध्यक्ष डा.सी के राउत देखिएका छन् ।उनी चुनाव जितेर काठमाण्डु पुगेदेखि दिनहुँ भेटघाटमा व्यस्त छन् ।डा.राउतले कांग्रेसका नेता विमलेन्द्र निधि, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जसपाका अधयक्ष यादव, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुसिट भेटवार्ता गरिसकेका छन् । प्रचण्डले जसपा अध्यक्ष यादवलाई आफूसित राखेर सरकार गठनका लागि शक्ति बढाउने प्रयास गरिरहेका छन् ।प्रचण्डले यादवसितको भेटघाटको क्रमलाई बढाएका छन् ।सरकारको नेतृत्व गठबन्धनका नेता देउवा र प्रचण्ड आलोपालो गर्ने ‘भद्र सहमति’ अनुसार प्रचण्डले पहिले नेतृत्व लिन चाहेका छन् ।तर कांग्रेसले पहिलो चरणमा देउवालाई नै प्रधानमन्त्री बनाउन चाहेको छ ।प्रचण्डलाई सरकारको नेतृत्व नदिए एमाले सहितको बामगठबन्धनको सरकार बन्ने संभावना समेत रहेको छ ।

जसपाले प्रचण्ड भएको गठबन्धनमा सहभागी हुने संभावना बलियो रहेको जसपाका नेताहरु बताउँछन् । सत्तारुढ गठबन्धन छाडेर चुनावमा जाँदा ठूलो क्षति व्यहोर्नु परेको जसपाका नेताहरुको मूल्यांकन छ ।जसपाको काँधमा चढेर एमाले ठूलो दल बन्न सफल भएको छ ।तर जसपाका अध्यक्ष यादव समेत कयौं सिट गुमाउनु परेको उनीहरुको पीडा छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सरकारमा सहभागी हुने जनमत पार्टीकाे निर्णय, समानुपातिक सूची टुङ्गियाे

सरकारमा सहभागी हुने जनमत पार्टीकाे निर्णय, समानुपातिक सूची टुङ्गियाे

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य