TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश प्रदेश सरकार गठनको गणित : दिग्गजहरु दलको नेता बन्ने दौडमा


मधेश प्रदेश सरकार गठनको गणित : दिग्गजहरु दलको नेता बन्ने दौडमा
ADVERTISEMENT

मधेश प्रदेशमा कुनै दलको पूर्ण बहुमत नरहेकाले गठबन्धन निर्माणका लागि संघीय गठबन्धनलाई नेताहरुले कुरिरहेका छन् ।


मधेश प्रदेशमा सरकार बनाउन नेताहरु संघीय राजधानीमा दलको नेता बन्ने दौडधुपमा लागेका छन् । २०७४ सालको भन्दा दिग्गज नेताहरु यस पटक मधेश प्रदेश सभामा चुनिएका छन् । प्रत्यक्ष तर्फ २२ जना दोहरिएका छन् । अन्य नयाँ अनुहारहरु प्रदेश सभामा प्रवेश पाएका छन् । प्रदेश सभामा निर्वाचित नयाँ अनुहारहरु मध्ये कयौं दिग्गजहरु छन् । प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न दिग्गज नेताहरु संसदीय दलको नेताका लागि संघीय राजधानी काठमाण्डुमा लविंग थालेका छन् । प्रदेशसभामा निर्वाचित अधिकांश सदस्यहरु संघीय राजधानी काठमाण्डु पुगेका छन् । मधेश प्रदेशमा सरकारको नेतृत्व गर्ने संभावित रहेको नेपाली कांग्रेसमा दलका नेता बन्न तछाडमछाड सुरु भइसकेको छ । संसदीय दलको नेताका लागि कांग्रेस प्रदेश समितिका सभापति कृष्णा यादव, पूर्व मन्त्री रामसरोज यादव, पर्सा कांग्रेसका सभापति जनार्दनसिंह क्षेत्री प्रमुख छन् । मधेश प्रदेशमा संस्थापन पक्ष (देउवा समूह) को वर्चस्व रहेकाले नेतामा पनि सो पक्षबाट नै हुने पक्का जस्तै छ । प्रदेश सभापति यादव पहिलो पटक प्रदेश सभामा प्रवेश गरेका छन् । धनुषाका पूर्व मन्त्री रामसरोज यादव दोस्रो पटक सभासद चुनिएका छन् । अघिल्लो कार्यकालमा संसदीय दलका नेता पनि थिए । क्षेत्री पहिलो पटक संसदमा आएकाले उनी दाबी गरे पनि प्रतिस्पर्धामा रहेका छैनन् । एमालेमा पनि दलका नेताका लागि दौडधुप सुरु भइसकेको छ । एमालेका युवा प्रदेश सभासद दीपेन्द्र ठाकुर, दोहरिएर जितेका रामचन्द्र मण्डल, विद्यार्थी राजनीतिबाट मूलधारमा आएका सरोज कुमार यादव र शारदा थापा दलका नेताका लागि दौडमा छन् । प्रत्यक्ष तर्फ एमालेमा १५ जना र समानुपातिकबाट ८ गरी कुल २३ जना सभासद रहका छन् । मधेश प्रदेशमा सबै भन्दा ठूलो दल एमाले नै हो । कांग्रेस र एमाले मध्ये एउटा दलले सरकारको नेतृत्व गर्ने पक्का जस्तै छ । माओवादी केन्द्र संसदीय दलको नेतामा भरत साह नै दोहरिने पक्का जस्तैछ । उनी मधेश प्रदेश सरकारमा गृह तथा सञ्चार मन्त्री हुन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा प्रमुख रुपमा दुई दाबेदार देखिएका छन् । मुख्यमन्त्री लालबाबु राउत र सभामुख सरोज कुमार राय यादव दलका नेता बन्ने दौडमा छन् ।

राउतको मुख्यमन्त्रीको कार्यकाल अत्यन्त विवादास्पद र असफल रहेको आरोप लाग्ने गरेको छ । तर सभामुख यादवको कार्यकाललाई अत्यन्त सफल मानिएको छ । प्रदेशको नाम र राजधानी तोक्ने आवश्यक बहुमत सत्तारुढ दलसित नहुँदा पनि यादवले अत्यन्त चातुर्य ढंगले पहिचान सहितको नाम र जनचाहना अनुरुपको स्थायी राजधानीको निर्णय गराउन सफल भएकाले उनी सबै दलका सभासदहरुबीच लोकप्रिय छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा दलको नेताका लागि विवाद आउने संभावना छैन् । अघिल्लो कार्यकालमा दलका नेता रहेका जितेन्द्र सोनल पुनःनिर्वाचित भएकाले उनी नै दलको नेतामा दोहरिने छन् । हुनत सोनलको कडा विरोधी मानिने उपेन्द्र महतोपनि पूनः निर्वाचित भएका छन् । उनले दलको नेतामा सोनललाई चुनौती पनि दिन सक्ने संभावना रहेको छ । नेकपा एसमा भने दलको नेतामा प्रमोद कुमार यादवको नाम अगाडि छ । मधेश प्रदेश सरकारमा यादव राज्यमन्त्री रहेका छन् । शत्रुधन महतो चुनावमा पराजित भएकाले यादवले अवसर पाउने भएका छन् । सो पार्टीकी बेची लुंगेली पनि प्रत्यक्षतर्फ जितेर कार्यकाल दोह¥याएकी छन् । दलको नेता बन्ने दौडमा उनी पनि छिन् । जनमत पार्टी संसदीय दलको नेतामा समानुपातिकबाट प्रदेश सभामा प्रवेश पाएका चन्दन सिंहको बलियो संभावना छ । जनमत पार्टीले समानुपातिकतर्फ नाम टुंगो लगाइसकेकाले सिंहको नाम अगाडि आएको छ ।

मधेश प्रदेशमा सरकार गठनका लागि दुई विकल्प छ । सत्तारुढ गठबन्धन दलमा जसपालाई समावेश गराएर सरकार बनाउने पहिलो विकल्प रहेको छ । दोस्रो विकल्पको रुपमा एमालेको नेतृत्वमा जसपा र जनमतलाई समावेश गरी सरकार बनाउन सकिन्छ । कांग्रेस र एमाले मिलेर कुनै एउटा सानो दललाई साथ लिएर सरकार बनाउन सक्छ । तर त्यसको संभावना बलियो छैन् । कांगे्रस र एमाले बाहेक सबै दल र स्वतन्त्र सांसदहरु मिलेर पनि सरकार बनाउन सक्ने अवस्था रहे पनि त्यसको संभावना नै देखिदैन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
नयाँ सांसदको पखाईमा प्रदेशसभा

नयाँ सांसदको पखाईमा प्रदेशसभा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य