TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रतिनिधिसभा समानुपातिकतर्फ २१ मधेशी : भाञ्जीको कोटामा निधि


प्रतिनिधिसभा समानुपातिकतर्फ २१ मधेशी : भाञ्जीको कोटामा निधि
ADVERTISEMENT

राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त ७ पार्टीले शनिवार निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा सदस्यहरुको समानुपातिक १ सय १० सदस्यको सूचीमा २१ जना मधेशी परेका छन् । त्यसमध्ये अधिकांश महिला छन् । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिट रहेको छ । निर्वाचन आयोगले दलहरुलाई शनिवारसम्म समानुपातिक सदस्यहरुको सूची बुझाउन समय सीमा निर्धारण गरेको थियो । दलहरुले बुझाएको सूचीमा मधेशीलाई मधेशी कोटा बाहेक दलित, आदिवासी जनजातीमा समावेश गरिएको छैन् । आदिवासी, जनजाती र दलितमा मधेशका आदिवासी, जनजाती, दलितहरु परेका छैनन् ।


नेपाली कांग्रेसका पूर्व उपसभापति समेत रहेका विमलेन्द्र निधि मधेशी कोटाबाट समानुपातिक सदस्यमा सिफारिस भएका छन् । निधिलाई समानुपातिकमा समावेश गर्दा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना अत्यन्त विश्वासपात्र गोपालमान श्रेष्ठलाई सूचीबाट हटाउनु परेको हो । तर निधिलाई समावेश मधेशी कोटाबाट गरिए पनि महिला कोटामा रहेकी उनकी भाञ्जी निनु कर्णलाई देउवाले हटाएका छन् । उनी महिलाकोटाबाट सांसद बन्ने निश्चित थियो । नेपाली कांग्रेसको ३२ जना समानुपातिकमा ५ जना मधेशी मात्र समावेश हुने अवसर पाएका छन् । कांग्रेसले पनि दलित, आदिवासी, जनजातीमा मधेशीलाई समावेश गरेको छैन् । कांग्रेसबाट मधेशी कोटामा विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल सिफारिसमा परेका छन् । त्यसै गरी मुसलमान कोटामा जावेद खातुन महिलालाई राखिएको छ ।

त्यसै गरी नेकपा एमालेले पनि मधेशी कोटामा ५ जना मधेशीलाई मात्र समावेश गरेको छ । मधेशी कोटाबाट १ जना पुरुष गंगाप्रसाद यादवलाई र ४ जना महिलामा अमृत राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी मुखियालाई राखिएको छ । एमालेपनि मधेशका आदिवासी, जनजाती, दलितलाई कोटामा राखेको छैन् । मधेशका आदिवासी, जनजाती र दलितलाई एमालेले पनि पूर्ण रुपमा उपेक्षा गरेको छ । एमालेले मुसलमान कोटामा सराज अहमद फारुखीलाई राखेको छ । एमालेले प्रतिनिधि सभा समानुपातिकमा मधेशप्रति अनुदार देखिएको छ । एमालेले दलित, आदिवासी, जनजातीकोटामा पनि मधेशका आदिवासी, जनजाती, दलितलाई समावेश गर्ने अपेक्षा गरिएको थियो

। माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि गरेको सिफारिसमा मधेशी कोटाबाट २ जना महिलालाई मात्र सिफारिस गरेको छ । माओवादीले मधेशी पुरुषलाई समावेश गरेको छैन् । माओवादीको कोटामा मिना यादव र उमरावती देवी यादव सांसद बनेका छन् । मिना देवी सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का नेता शिवपुजन यादवकी पत्नी हुन् । शिवपुजनकी छोरी प्रतिनिधि सभामा सो क्षेत्रबाट स्वतन्त्र भएर चुनाव लडेकी थिइन् । रामनगर गाउँपालिकाको अध्यक्षमा यादवका छोरा राजाबाबु यादव माओवादीबाट निर्वाचित भएका हुन् । मधेशी कोटामा माओवादीले कल्पना मियाँलाई समावेश गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १ जना बिना जयसवाल मात्र मधेशी कोटामा परेकी छन् । राप्रपाले प्रतिनिधि सभामा समानुपातिकतर्फ ७ स्थान प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेशी कोटामा १ जना महिला लक्ष्मी तिवारी र १ जना पुरुषमा मनिष झालाई समावेश गरेको छ । रास्वपाले पनि दलित, आदिवासी, जनजातीमा मधेशीलाई स्थान दिएको छैन् । अशिम शाह रास्वपाको मुसलमान कोटामा परेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) ले पाएको ५ स्थान मध्ये २ जना मधेशी महिलालाई मात्र स्थान दिएको छ । जसपाबाट १ जना पुरुष मुसलमान प्रतिनिधि सभाका सदस्य हुने भएका छन् । जसपाले पनि आदिवासी जनजाती र दलितबाट मधेशीलाई समावेश गरेको छैन् । जसपाबाट प्रतिनिधि सभा सदस्य हुने २ जना भाग्यमानी महिलामा रञ्जु झा (ठाकुर) र रेखा थापा यादव रहेका छन् । खसआर्यबाट प्रकाश अधिकारी र आदिवासी, जनजातीबाट सुशीला श्रेष्ठ परेकी छन् । श्रेष्ठ अशोक राईकी पत्नी हुन् । राई प्रत्यक्षमा निर्वाचित भएका छन् । जसपाले मुसलमान कोटामा सहनाज रहमानलाई समावेश गरेको छ ।

जनमत पार्टीले मधेशी कोटामा अनिता साह, बसन्तकुमार कुशवाहा, सोनु मुर्मर र बिनिता कुमारी सिंहलाई समावेश गरेको छ । समानुपातिकतर्फ जसपा जतिकै ५ सिट प्राप्त गरेको जनमत पार्टीले आदिवासी, जनजाती र दलितमा पनि मधेशीलाई नै समावेश गरेको छ । जनमतले भने मुसलमानलाई स्थान दिएको छैन् ।

प्रतिनिधिसभा सदस्यका लागि दलहरुले समानुपातिकतर्फको नाम टुंग्याए पनि प्रदेश सभाका लागि अबेर रातिसम्म सकस नै देखिएको छ । प्रतिनिधिसभाका लागि राप्रपा, कांग्रेसमा घमासान नै भएको थियो । राप्रपामा बुद्धिमान तमांगलाई राख्ने अथवा प्रकाशचन्द्र लोहनीलाई राख्ने विषयमा गंभीर विवाद भएको थियो । कांग्रेसमा भने दुई जना पूर्व उपसभापति निधि र श्रेष्ठ मध्ये एकजनालाई छनोट गर्न विवाद भएको थियो । अन्तिम चरणमा सभापति देउवाले निधिकी भाञ्जी निनु कर्णलाई हटाएर निधिको नाम समावेश गरे । पुरुषमा निधिको नाम समावेश भएपछि आदिवासी जनजातीको कोटामा १ नम्बरमा नाम रहेको श्रेष्ठ भने प्रतिनिधि सभामा पुग्न नसक्ने भए । निर्वाचन आयोगले दलहरुलाई नाम सच्चयाउन फेरि समय थप गर्नेछ । कल्स्टर अनुकूल नाम नमिलेको भए दलहरुलाई आयोगले फेरि सच्याएर नाम पठाउन पत्राचार गर्न सक्छ । दलहरुले चाहे आयोगको निर्देशिका भित्र रहेर नाम सच्चयाउन सक्नेछ । राप्रपामा विवाद नथामिए तमांगको स्थानमा लोहनीको नाम पर्न सक्ने नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
दलहरुले आयोगमा बुझाएको समानुपातिकतर्फको सूची भोलिसम्म सच्याउन सक्ने

दलहरुले आयोगमा बुझाएको समानुपातिकतर्फको सूची भोलिसम्म सच्याउन सक्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य