TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सीके र रविलाई सरकारमा जान नदिने तयारी ! मधेशमा फेरि जसपाको सरकार


सीके र रविलाई सरकारमा जान नदिने तयारी ! मधेशमा फेरि जसपाको सरकार
ADVERTISEMENT

मधेश प्रदेशमा फेरि जनता समाजवादी पार्टी (जसपा)को सरकार बन्ने भएको छ ।


नेपाली कांग्रेस तथा नेकपा एमालेको रोजाइमा पहिलो चोटी निर्वाचनमा भाग लिएर सदन सम्मको यात्रा तय गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीलाई सरकारमा सहभागिताबाट रोक्नका लागि जसपालाई फेरि गठबन्धनमा ल्याउने तयारी गरिएको छ । जसपा गठबन्धनमा सहभागी भएपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुल्ने छ । पाँच दलीय गठबन्धनमा तीन मुख्यमन्त्री नेपाली कांग्रेस, दुई माओवादी केन्द्र र एक नेकपा एस र एक जसपालाई दिएर जसपालाई सरकारमा सहभागी गराउने तयारी थालिएको छ ।

हुनत निर्वाचनको मत परिणाम सार्वजनिक भए लगतै जनमत पार्टीका अध्यक्ष सीके राउतले काठमाण्डुमा शीर्ष नेताहरुसंग भेटघाट गरेर सरकारमा सहभागी हुने इच्छा पनि जाहेर गरेको स्रोतको भनाइ छ । उनले मधेश प्रदेशमा मुख्यमन्त्री तथा केन्द्रमा कृषि र उद्योग मन्त्रीको माग गरेका थिए । तर, कांग्रेस सभापति तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरु सकारात्मक देखिएका थिएनन् । रास्वपाका अध्यक्ष लगायत विजयी भएकाहरु बढी आक्रामक देखिएका कारण उनीहरुलाई सरकारवाट टाढा राख्न पाँच दलीय गठबन्धनको तयारी छ भने रास्वपाप्रति नेकपा एमाले पनि रुचि देखाएको छैन् ।

हुनत जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतको अवस्था पनि त्यस्तै छ तर, जसपाले पाँच दलीय गठबन्धनसंग जाने इच्छा प्रगट गरेपछि पाँच दलीय गठबन्धनको पहिलो रोजाइ भने जसपानै बन्ने देखिएको छ । केन्द्रमा सरकार बनाउनका लागि चाहिने सिट संख्या भन्दा बढी गठबन्धनमा जसपालाई सहभागी गराएपछि आउने गणितीय जोड् घटाउ हुँदैछ । नेपाली कांग्रेससंग ९६, माओवादी केन्द्र ४३, नेकपा एस ९, लोसपा ३ र जनमोर्चाको १ सिट छ भने जसपा संग १४ र नागरिक उन्मुक्ति संग ५ सिट सहित १७३ सांसद पुग्ने देखिन्छ । जबकि सरकार बनाउनका लागि करिव १७२ सिट मात्रै चाहिन्छ । जसपा र जनमतको केन्द्र र प्रदेशमा समान सिट रहेको र स्थानीय निर्वाचनमा जसपा सहयात्री रहेका कारण जसपा गठबन्धनको पहिलो रोजाइ बन्ने स्रोतको दाबी छ । जनमतका अध्यक्ष राउतले मधेश प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेपछि कांग्रेस सभापति भारतीय लाइनको पर्खाइमा बसेका छन् । राउतलाई नेतृत्व दिनु भन्दा उपयुक्त जसपालाई सरकारमा सहभागी गराउने उपयुक्त हुनेमा माओवादी केन्द्र, नेकपा एस स्पष्ट छन् भने लोसपालाई भारतले मनाएपछि मान्न सकिने भएको देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेकपा एमालेसंगको सहकार्य सकेको घोषणासंगै मधेश प्रदेशमा मुख्यमन्त्रीसहित केन्द्रमा केही मन्त्री दिए पाँच दलीय गठबन्धनमा आउन सक्ने भएका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारमा सहभागीका लागि संवाद गरिरहेका छन् । जसपा भित्र केही किचलो देखिएका कारण अध्यक्ष यादवले अहिलेसम्म स्पष्ट नपारे पनि पाँच दलीय गठबन्धनमा प्रवेशका लागि ढोका खुला रहेको जसपाका एक नेताले बताए । उनले भने विगतमा भएको आन्दोलनवाट प्राप्त उपलब्धि संस्थागत गर्नका लागि जसपा सरकारमा जानै पर्छ नत्र यो संघीयता रहन्छ कि रहँदैन् भन्न सकिदैन् । निर्वाचनको मत परिणामले संघीयता विरोधीको हालीमुहाली सरकारमा हुनु मधेश आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुनुबाट खतरा रहेको उनले बताए ।

सभामुख यादव दिल्लीमा

दलहरु सरकार बनाउने तयारी स्वरुप छलफलमा रहेका बेला मधेश प्रदेशका सभामुख तथा जसपा नेता सरोजकुमार यादव दिल्ली पुगेका छन् । उनी पाँच दलीय गठबन्धनमा जसपालाई सहभागिता एवम् मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबीसहित दिल्ली पुगेका छन् । दिल्लीमा उनले नेपालमा प्रभाव पार्न सक्ने नेताहरु संग भेटघाट तथा मुख्यमन्त्री आफूले पाउने वातावरण निर्माणका लागि त्यहाँ पुगेको स्रोतको भनाइ छ । जसपाप्रति पाँच दलीय गठबन्धन जनमत भन्दा बढी लचिलो देखिएपछि उनी दिल्ली पुगेका छन् । हुनत सभामुख यादवलाई यसभन्दा पहिला पनि मुख्यमन्त्री बन्ने इच्छा थियो तर, मुख्यमन्त्री लालवावु राउतले राजिनामा नदिएपछि उनी मुख्यमन्त्रीको रेसबाट आउट भएका थिए । तर, यस पटक उनी कम्मर कसेर मुख्यमन्त्रीको रेसमा आउन लागेका छन् । जसपालाई मुख्यमन्त्री दिने पाँच दलीय गठबन्धनको झुकाव देखिएपछि उनी त्यहाँ पुगेको उनी निकट स्रोतले बताए । हुनत कांग्रेसका शीर्ष नेताहरुले मधेश प्रदेशमा मुख्यमन्त्री नछाडने बताए पनि केन्द्रको मनसाय यस्तै देखिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सरकारमा सहभागी गराउन लोसपाको आग्रह

सरकारमा सहभागी गराउन लोसपाको आग्रह

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य