TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सरकारमा सहभागी गराउन लोसपाको आग्रह


सरकारमा सहभागी गराउन लोसपाको आग्रह
ADVERTISEMENT

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको बैठकमा आफूलाई पनि सहभागी गराउन आग्रह गरेको छ ।


अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बैठकमा सहभागी गराउन अनुरोध गरेका छन् । लोसपा नेता डा.सुरेन्द्र झाका अनुसार ठाकुरले प्रधानमन्त्री देउवासँग पटक–पटक भेटेर संवाद गरेका छन् । ‘उहाँहरूबीच निरन्तर भेट र संवाद भइरहेका छन्,’ उनले भने, ‘चुनावअघि अध्यक्षज्यू बाहिर हुनुहुन्थ्यो । चुनाव सकिएपछि हामी गठबन्धनको बैठकमा निरन्तर सहभागी हुने कुरा उहाँले उठाउनुभएको छ ।

’ लोसपा नेता तथा नवनिर्वाचित सांसद शरतसिंह भण्डारी गठबन्धन दलभित्र हुने नीतिगत बहस र निर्णयमा लोसपा सहभागी हुनुपर्ने बताउँछन् । अब बन्ने केन्द्र र प्रदेश सरकार तथा मन्त्रालयको बाँडफाँटका साथै राष्ट्रपतिदेखि प्रदेश प्रमुखसम्मको भागबन्डामा लोसपालाई समेट्नुपर्ने उनको माग छ । ‘अब बन्ने सरकारमा मन्त्रालयको भागबन्डासहित, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा, प्रदेश सरकार तथा प्रदेश प्रमुखहरू यी सबै विषयमा हुने नीतिगत निर्णयमा हाम्रो सहभागिता रहनुपर्छ,’ भण्डारीले भने, ‘हामी गठबन्धनभित्रको एक दल हौँ । चुनाव लडेको मात्र होइन, चुनावअघि पनि यो गठबन्धनको सरकारलाई हाम्रो समर्थन थियो ।

सोही कारण गठबन्धनको बैठकमा हुने नीतिगत छलफलमा हामीले भाग लिने वातावरण बनाउन पार्टी अध्यक्षज्यूलाई हामीले अनुरोध गरेका छौँ ।’लोसपाले सत्ता गठबन्धनसँग मिलेर निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । प्रतिनिधिसभातर्फ सात र प्रदेशतर्फ १६ सिटमा गठबन्धन दलसँग मिलेर लोसपाले चुनाव लडेको थियो । केही दिनअघि लोसपाबाट निर्वाचित चार केन्द्रीय सांसदसहितको बैठकले पनि सत्तासहित अरू विभिन्न निकायमा ‘प्याकेज’मा हुने भागबन्डामा पार्टीको सहभागिता अनिवार्य गर्नुपर्ने निष्कर्ष निकालेको थियो । मधेश प्रदेश सरकारको नेतृत्व वा ‘जिम्मेवार’ मन्त्रालयसहित सातमध्ये एक प्रदेशमा प्रमुख, केन्द्रीय मन्त्रालय र विभिन्न आयोगमा सम्मानजनक सहभागिताको विषयमा लोसपा शीर्ष नेतृत्वले छलफल गरेका थिए । गठबन्धनसहित निर्वाचनमा प्रतिस्पर्धा गरे पनि लोसपा राष्ट्रिय दल बन्न सकेन । आफ्नै पूर्वसहकर्मी महिन्द्रराय यादवसँग वरिष्ठ नेता राजेन्द्र महतो पराजित भए । प्रतिनिधिसभातर्फ लोसपाले ३ सिट मात्र जित्यो । लोसपा आए पनि पाँचदलीय गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्दैन । संविधानानुसार बहुमतको सरकार बनाउन १३८ सिट आवश्यक पर्छ । लोसपा आउँदा पनि गठबन्धनलाई बहुमत पु¥याउन दुई सिट कम हुन्छ । लोसपाका एक नेता मधेशमा पार्टी राजनीतिलाई जोगाउन पनि अहिलेको गठबन्धनभन्दा बाहिर बस्ने अवस्था नरहेको बताउँछन् ।

राष्ट्रिय दल बन्न नसक्नु र निरन्तर जनाधार गुम्दै गएकाले लोसपालाई अहिले सत्ता अपरिहार्य भएको उनको तर्क छ । नेता भण्डारी पनि अहिलेकै गठबन्धन र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउँछन् । लोसपा नयाँ सरकारमा सहभागी हुने उनको भनाइ छ । वर्तमान गठबन्धनको सरकार बन्दा नै विश्वासको मत दिएको भन्दै उनी यो गठबन्धनले आफूहरूका माग, मुद्दा पनि सम्बोधन गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सर्लाहीमा माेटरसाइकल र ट्र्याक्टर ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

सर्लाहीमा माेटरसाइकल र ट्र्याक्टर ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य