TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेशसभामा भौतिक पूर्वाधारको अभाव


प्रदेशसभामा भौतिक पूर्वाधारको अभाव
ADVERTISEMENT

मधेश प्रदेशको प्रदेशसभामा दलको प्रतिनिधित्व बढेसँगै भौतिक संरचनाको अभाव हुने भएको छ ।


संसदीय दलको नेताको लागि संरचनामा अपुग हुने भएको छ । यसयघि मधेश प्रदेशको प्रदेशसभामा पाँच दल मात्रै संसदीय दलको अधिकारिकता पाएका थिए । संघीय समाजवादी फोरम, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजपा दलको रुपमा प्रदेशसभामा सहभागि थिए भने नेपाल संघीय समाजवादी पार्टीले पनि एक सीट ल्याएर संसदमा प्रतिनिधित्व गरेका थिए । तर यसपटक दुई वटा पार्टी दलकै रुपमा थपिएको छ भने थप तीन दल समानुपातिक रुपमा एक÷एक सीट ल्याएर प्रतिनिधित्व गरेका छन् । पहिले संसदमा सात दलको प्रतिनिधित्व थियो भने यसपटक दश दलले प्रतिनिधितव गर्दै छन् । जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी नयाँ दलको रुपमा संसदीय दलको रुपमा रहनेछन् । तत्कालिन राजपा अहिले लोसपा छन् भने फोरम जसपा बनेका छन् । यस पटक राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि एक÷एक सीट ल्याएर प्रतिनिधित्व गरेका छन् ।

यी दुबै दल मधेश प्रदेशको संसदमा पहिलो पटक प्रवेश गरेकाछन् । संसदीय दलको कार्यालय व्यवस्थापनमा समस्या हुन सक्ने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए । मधेश प्रदेशमा दलको संख्या थपिएसँगै प्रदेशसभामा व्यवस्थापन गर्न समस्या हुने भएको छ ।तत्कालिन शिक्षा कार्यालयको भवन र परिसरलाई प्रदेशसभाको रुपमा प्रयोग गरिएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागत, पहिलो बैठक संचालन लगायतको तयारीका विषयमा अहिलेसम्म अनौपचारिक छलफल मात्रै भएको प्रदेशसभा सचिवालयले जनाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रदेशमा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी २३ सिट पाएर सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२, जनता समाजवादी पार्टीले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ तथा जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिट पाएको छ । त्यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ सहित ९, माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ र एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएको हो । यसपटक ६ जना स्वतन्त्र सांसद पनि छन् ।

यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २९ सीटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सीटसहित दोस्रो र नेकपा एमाले २३ सीटसहित तेस्रो दल बनेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जसपामा पराजयको मन्थन हुने

जसपामा पराजयको मन्थन हुने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य