प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा जिम्मेवारी दिएको भन्दै तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताएका हुन् ।
उनले महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव भएको भन्दै यसलाई संरक्षण गर्न सबै मिल्नुपर्ने धारणा राखे । उनले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउन महानगर अझै क्रियाशील हुने विश्वास पनि व्यक्त गरे ।









तपाईको प्रतिक्रिया