नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो ।
माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । यसअघि हिजो कांग्रेसले चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरेको थियो ।चुनावबाट पहिलो पार्टी बनेको कांग्रेसमा सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता चयन भएसँगै नयाँ सरकार गठनको गृहकार्य पनि सुरु भएको छ । सत्तागठबन्धनलाई कायम राख्दै नयाँ सरकार गठन गर्ने देउवा र प्रचण्डको तयारी छ । तर शक्ति बाँडफाँटको विषय भने पेचिलो बनेको छ ।
आज माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेलगत्तै बेलुका भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने कांग्रेस र माओवादीको तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरिसक्नुभएको छ ।









तपाईको प्रतिक्रिया