TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश सरकार गठन प्रक्रियाको सन्दर्भमा प्रदेशसभामा सर्व दलीय बैठक आव्हान


ADVERTISEMENT

मधेश प्रदेश सरकार गठन प्रक्रियाको सन्दर्भमा प्रदेशसभामा सर्व दलीय बैठक बोलाइएको छ ।


प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफलको लागि सोमबार बैठक राखिएको छ । बैठकमा सरकार गठन,नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण गर्ने/गराउने र संसदीय दलको कोठा व्यवस्थापनको लागि बैठक डाकिएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए । प्रदेशसभामा दलको प्रतिनिधित्व गर्ने पार्टीको संख्यामा वृद्धि भएपछि संसदीय दलको नेताको लागि भौतिक संरचना अभाव देखिएको छ । उक्त बैठकमा कोठा व्यवस्थापन र शपथ ग्रहणको विषयमा दलहरुले निष्कर्ष निकाल्ने छन् ।

बैठकमा सांसदहरुको शपथ ग्रहणको मिति पनि तोकिने छन् । त्यसपछि सरकार गठनको प्रक्रिया औपचारिक रुपमा दलहरुले अगाडि बढाउने छन् । ज्येष्ठ सांसद नेकपा एकीकृत समाजवादीका ७१ वर्षीय गोविन्द बहादुर न्यौपाने बिरामी भएपछि शपथ ग्रहणमा ढिलाइ भएको छ । उनको ठाउँमा अर्का सांसद शारदा शंकर प्रसाद साहलाई पनि प्रदेशसभाले तयारी अवस्थामा राखेको जनाइएको छ । यी दुबै जनामध्ये एक जनालाई प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ ग्रहण गराइने छ । त्यसपछि सोही एक जनाले अन्य सांसदलाई शपथ खुवाउने छन् । मधेश प्रदेशमा २३ सिटसहित नेकपा एमाले पहिलो, २२ सिटसहित नेपाली कांग्रेस दोस्रो र १६ सिटसहित जसपा तेस्रो स्थानमा छन् । मधेशमा जनमत १३, नेकपा माओवादी केन्द्र आठ, लोसपा ९ र स्वातन्त्र ६ जना सांसद छन् ।

यसअघि मधेश प्रदेशको प्रदेशसभामा पाँच दल मात्रै संसदीय दलको आधिकारिकता पाएका थिए । संघीय समाजवादी फोरम, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजपा दलको रुपमा प्रदेशसभामा सहभागी थिए भने नेपाल संघीय समाजवादी पार्टीले पनि एक सिट ल्याएर संसदमा प्रतिनिधित्व गरेका थिए । तर यसपालि दुई वटा पार्टी दलकै रुपमा थपिएको छ भने थप तीन दल समानुपातिक रुपमा एक÷एक सिट ल्याएर प्रतिनिधित्व गरेका छन् । पहिले संसदमा सात दलको प्रतिनिधित्व थियो भने यसपालि दश दलले प्रतिनिधित्व गर्दैछन् । जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी नयाँ दलको रुपमा संसदीय दलको रुपमा रहनेछन् । तत्कालीन राजपा अहिले लोसपा छन् भने फोरम जसपा बनेका छन् । यस पटक राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि एक/एक सिट ल्याएर प्रतिनिधित्व गरेका छन् । यी दुबै दल मधेश प्रदेशको संसदमा पहिलो पटक प्रवेश गर्दैछन् ।

यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २९ सिटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेस्रो दल बनेको थियो ।

ा

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मधेश प्रदेशको समीकरण फेरिने

मधेश प्रदेशको समीकरण फेरिने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य