TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्देै


सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्देै
ADVERTISEMENT

धनुषासहित मधेश प्रदेशमा सोमबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको छ । बिहानैदेखि शीतलहरसँगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत क्षेत्रमा घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसोबाट जोगिन आगो बालेको ठाउँमा मानिसको भीड लाग्ने गरेको छ ।


चिसो बढेपछि बालबच्चालाई विद्यालय जान समस्या भएको जनकपुरधाम उपमहानगरपालिका–१४ की रञ्जना झाले बताए । ‘चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ’, उनले भनिन्,‘न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने भो ।’ चिसोले बालबच्चा मात्रै होइन ज्येष्ठ नागरिक पनि समस्यामा छन् । जाडोले मानिसको दिनचर्यामा पनि असर पारेको छ । एक्कासी जाडो बढेपछि मुक्त विपन्न दलित, सिमान्तकृत समुदायका मानिस समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदूर र किसानलाई काम गर्न समस्या भइरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरमा नाली बनाउने काम गरिरहेका मजदूर राम सनेही सदाले बताए । ‘जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने गर्दछ’, उनले भने ।

यसैगरी, गहुँबालीमा सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकिनसकी काम गर्न बाध्य छन् । क्षीरेश्वरनाथ नगरपालिका– ४ हरैयाका दिपो यादवले भने, ‘सिँचाइ नगरिए उत्पादन राम्रो हुँदैन, त्यसैले यस्तो चिसोमा पनि सिँचाईका लागि दमकल चलाउन खेत आएको छु।’ चिसोले गर्दा काममा जान नसकेको मिथिला नगरपालिका वडा नम्वर ८ का पशुपति लामाको गुनासो छ । उनले भने,‘दाउरा नबेचे साँझ बिहानको चुलो बल्दैन । जाँडोले धेरै समस्या पारेको छ। घरमा ओड्ने कम्बल पनि छैनन्। आगो बालेर दिनरात बिताउनु पर्ने अवस्था छ।’ चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या बल्झने भएकाले चिसोबाट जोगिन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने प्रादेशिक अस्पतालका प्रशासन प्रमुख डा. केडी दासले बताए । उनले चिसोमा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुनसक्ने उल्लेख गरेका छन् । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, बाहिर ननिस्कन, तातो पानी तथा तातो झोलिलो पदार्थ प्रयोग गर्न उनले सुझाब दिएका छन् ।

अत्यधिक जाडोका कारण बाक्लो कपडाको ब्यापार बढेको छ । जाडोले गर्दा बाक्लो कपडा किन्ने मानिसहरु दिनहुँ बढेको जनकपुरधाम शिव चोक स्थित गुप्ता जनरल स्टोरका संचालक रमेशप्रसाद गुप्ताले बताए । जाडोमा हाइनेक, स्विटर, ज्याकेट, टाउजर, सल, टोपीलगायत कपडाहरु बढी बिक्री हुने गरेको बताइएको छ। त्यस्तै , रौतहट का समाचारदाता राकेश यादवका अनुसार पनि चिसोको कारन रौतहटको जनजीवन प्रभावित भएको छ । मंगलवारदेखि तीब्र रुपमा चलेको हावासंगै बढेको चिसोले रौतहटमा नराम्रो असर परेको छ । बिहानदेखि पश्चिमी हावा र बाक्लो हुस्सुको कारण जनजीवन कष्टकर बन्दै गएको र कामकाज समेत प्रभावित भएको छ । गौरमा रहेको सरकारी कार्यालय तथा स्थानीय तहको कार्यालयहरुमा काम गराउने आउनेहरुको संख्या पातलिदै गएको छ । घाम लागेको बेला भरिभराउ रहने रौतहट जिल्ला अदालत,मालपोत कार्यालय , नापी कार्यालय , जिल्ला प्रशासन कार्यालयमा चिसोको कारण सेवाग्राहीको चाप न्यून देखिएको छ । एक्कासी बढेको चिसोले मोटरसाइकल , साइकल चलाउनमा सर्व साधारणलाई समस्या भई रहेको कारण सड़कमा यात्रा गर्नेको संख्यामा पनि कमी आएको छ । चिसोको कारण वृद्ध वृद्धा तथा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु अधिक प्रभावित भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले जाड़ोको याममा हुने जोखिम तथा हुसकिने मानवीय क्षतिका बारेमा कुनै व्यवस्थापन गरेको छैन, न्यानो कपडा तथा ठाउँ ठाउँमा दाउराको व्यवस्थापन गर्नुपर्ने जरुरी देखिएको छ । गौर नगरपालिकाले गौरमा सार्वजानिक ठाउँमा आगोका लागि दाउराको व्यवस्था गरे पनि अन्य स्थानीय तहले यस्तो कार्य प्रति सक्रियता निर्वाह गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मधेश प्रदेश : नेका र जसपाको संसदीय दलको नेता आज चुनिदै

मधेश प्रदेश : नेका र जसपाको संसदीय दलको नेता आज चुनिदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य