TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश प्रदेश : नेका र जसपाको संसदीय दलको नेता आज चुनिदै


मधेश प्रदेश : नेका र जसपाको संसदीय दलको नेता आज चुनिदै
ADVERTISEMENT

मधेश प्रदेशमा संसदीय दलको नेता बिहीबार दुई दलले चयन गर्ने भएको छ ।


नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । संसदीय दलको नेता चयन गर्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम पुगि सकेका छन् । बुधबार जसपा प्रदेश समितिले आयोजना गरेको समीक्षा कार्यक्रममा सहभागी हुन आएका यादव आफ्नै उपस्थितिमा दलको नेता चयन गराउने तयारीमा छन् । जसपामा दलको नेताका लागि तीन जनाले दाबी गर्दै आएका छन् । पूर्व सभामुख सरोज यादवले दलको नेता बन्न जोडबल गरिरहेका छन् । पार्टीका अध्यक्ष यादवको पनि उनीप्रति झुकाब देखिएको छ । तर मुख्यमन्त्री लालबाबु राउतले पनि दलको नेतामा आफू नै निरन्तरता पाउनुपर्ने भन्दै गृहकार्य गरिरहेका छन् । पार्टीभित्र दलको नेतामा नयाँ अनुहार आउनुपर्ने अवाज पनि उठिरहेको छ । यस्तै,उपनेताको जिम्मेवारी सम्हालिसकेका सांसद रामअशिष यादव पनि दलको नेता बन्न दौडधुप गरिरहेका छन् । उनले पनि आफ्नो दाबी कायम राखेका छन् । बिहीबार नै दलको नेता चयन हुने स्रोतको दाबी छ । केन्द्रमा पार्टी अध्यक्ष यादव निकटका रामसहाय यादव सर्वसहमतिले चयन भएका छन् । सोही अनुसार मधेश प्रदेशमा पनि दलको नेता यादवले चयन गर्नेछन् ।

जसका लागि पार्टी अध्यक्ष यादवले बुधबार सहभागी भएको समीक्षा बैठकबाट सांसदहरुको मानसाय अनुसार अगाडि बढ्ने बताइएको छ ।यस्तै, नेपाली कांग्रेसमा सहमति नभएपछि निर्वाचन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपाली कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा संसदीय दलको नेता चयनका लागि बिहीबार बेलुका ३ देखि ४ बजेसम्म मतदान हुनेछ । बुधबार निर्वाचन समितिले मतदाता नमावली प्रकाशन गरेको थियो । निर्धारित समयमा उक्त नामावलीमाथि कुनै दाबी विरोध परेको छैन् । बिहीबार विहान ९ बजेदेखि १० बजे उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ । उम्मेदवारको प्रथम नामावली मनोनयनको ३० मिनेटपछि प्रकाशन गर्ने र ११ बजेसम्म दाबी विरोध गर्न समय दिइएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए । उनका अनुसार उम्मेदवारी फिर्ताको लागि दिउसो २ बजे सम्मको समय राखिएको छ ।

उम्मेदवारको अन्तिम नामावली २ बजेर ३० मिनेटमा प्रकाशन हुने र ३ बजेदखि ४ बजे सम्म मतदान हुनेछ । सोही दिन निर्वाचन नतिजा पनि सार्वजनिक गर्ने समितिको तयारी छ । नेपाली कांग्रेस मधेश प्रदेशमा संस्थापन पक्षबीचनै प्रतिस्पर्धा देखिएको छ । संस्थापन पक्षका राम सरोज यादव र मधेश प्रदेशका सभापति कृष्णा यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । रामसरोजका लागि पार्टीका पूर्व सभापति विमलेन्द्र निधि तथा कृष्णाकालागि सह–महामन्त्री महेन्द्र यादव लविङ्ग गरिरहेका छन् । यस भन्दा पहिला प्रदेशको निर्वाचनमा कृष्णाले राम सरोजलाई पराजित गर्दै प्रदेशका सभापतिमा निर्वाचित भएका थिए । यता, नेकपा एमाललेका सांसद रामचन्द्र मण्डलले शपथ ग्रहणपछि एमालेले दलको नेता चयन गर्ने बताएका छन् । एमाले जस्तै, लोसपा, एकीकृत समाजवादी, जनमत पार्टी र माओवादी केन्द्रले सांसदहरुको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने तयारीमा छन् । उनीहरु सांसदको शपथ ग्रहणलाई पर्खिरहेका छन् । सरकार गठनको लागि गठबन्धन फेरबदलको कारण पनि दलको नेता चयनमा ढिलाइ भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
घुरमा जलेर वृद्धको मृत्यु

घुरमा जलेर वृद्धको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य