TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विशालरुपी देवशिला जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान


विशालरुपी देवशिला जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान
ADVERTISEMENT

जनकपुरधाम, माघ १६ गते । कालीगण्डकीबाट निकालिएका देवशिला सोमबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको छ ।


शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी शनिबार राति जनकपुरधामस्थित जानकारी मन्दिरमा ल्याइएको थियो ।

कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘देवशिला’ लाई जानकी मन्दिरमा आइतबार दिनभर विशेष पूजापाठ र महाआरति गरिएको थियो । सो शिलाबाट भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मूर्ति बनाइनेछ ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारको शिला क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकी मन्दिरका महन्थ रामतपश्वेर दास वैष्णवलाई हस्तान्तरण गरेपछि बाजागाजा र ¥यालीसहित सो शिला जनकपुरधाम ल्याइएको थियो ।

१८ र १६ मेट्रिक टन तौलका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजा भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुरधाम हुँदै सोमबार अयोध्या पठाइएको हो ।

रामको मूर्ति बनाइने शिलाको दर्शन गर्न जानकी मन्दिर परिसरमा भक्तजन, सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारणलगायतको आइतबार दिनभर भीड लागेको थियो ।

गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन गरेर शिला महन्थ दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए ।

शिला संकलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ दासले ढुंगाबाट कुदिएर निर्माण गरिने भगवान रामको बालस्वरुप राम मन्दिरको गर्भगृहमा रहने जानकारी दिए ।

राममन्दिरमा ४ सय वटा कलात्मक पिल्लर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुदिनेछ । मन्दिरमा ६ हजार ४ सय देवी देउताका कलात्मक मूर्तिहरु कुदिनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० अगस्त ५ मा मन्दिर निर्माणका लागि भूमि पूजन गरेका थिए । सो भूमि पूजनपछि मन्दिर निर्माणका कार्य प्रारम्भ भएको थियो ।

सन् २०१९ मा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि स्वीकृति प्रदान गरेको थियो । सो जग्गा राममन्दिर निर्माण प्राप्तिका लागि १३५ वर्ष लामो कानूनी लडाइ लडिएको थियो ।

अयोध्यासँगको जनकपुरधामको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेकाले कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताए ।

बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको सो शिला गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई जनकपुरधाम ल्याएर हस्तान्तरण गरेको थियो ।

जनकपुरधामबाट प्रदेश सरकारले भारतलाई हस्तान्तरण गरेपछि सोमबार अयोध्या पठाइएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post

Vavada

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य