TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बक्यौता भुक्तानी गर्न २० सदस्यीय उच्च स्तरीय छानबीन समिति गठन


बक्यौता भुक्तानी गर्न २० सदस्यीय उच्च स्तरीय छानबीन समिति गठन
ADVERTISEMENT

जनकपुरधाम, फागुन ५ गते । मधेश प्रदेशसभाले पूराना योजनाहरुको भुक्तानीका लागि उपसभामुखको संयोजकत्वमा उच्च स्तरीय संसदीय छानबिन समिति गठन गरेको छ ।


बिहीबार बसेको मधेस प्रदेशको पहिलो अधिवेशनको सातौं बैठकले उपसभामुख बबिता कुमारी राउत इशरको संयोजकत्वमा २० सदस्यीय उच्च स्तरीय संसदीय छानबिन समिति गठन गरेको हो ।

समितिको सभापतिमा उपसभामुख बबिता कुमारी राउत इशर र सदस्यहरुमा प्रदेशसभा सदस्यहरु कनिस पटेल, रत्नेश्वर गोइत यादव, श्यामप्रसाद पटेल, सुनिलकुमार यादव, बच्चा राउत अहिर, राजकुमार गुप्ता, मो. समिर, हरिनारायण महतो, चन्दनकुमार सिंह, शम्भुकुमार साह, जयनुल राईन, रानी कुमारी तिवारी, उर्मिला देवी सिंह, कञ्चन विच्छा, विमला अन्सारी तरन्नुम, अनिरुद्धकुमार सिंह, प्रमोदकुमार जयसवाल, माला कर्ण र फकिरा महतो रहेका छन् ।

समितिको कार्यअवधि कार्य प्रारम्भ भएको मितिदेखि ३० दिनसम्म रहने छ । समितिले सभामुखको निर्देशनमा आफ्नो कार्यविधि आफैं नियमित गर्ने अर्थमन्त्री संजयकुमार यादवले बताए ।

समितिले सरकारको आर्थिक वर्ष २०७८÷७९ मा कार्यसम्पन्न भई भुक्तानी हुन बाँकी रहेका योजनाहरुको स्थलगत निरिक्षण र नापजाँच गर्नुका साथै सरकारका निकायहरुसँग कागजात माग गर्ने, सरकारको पदाधिकारीहरुसँग बयान लिने, सरकारको प्राविधिकहरुलाई काममा खटाउने र आवश्यक परेमा विज्ञ एवम् प्राविधिकहरुलाई करारमा राखि कामकाजसमेत गराउन सक्ने छ ।

आवश्यक परे उपसमिति बनाएर समितिमा नपरेका प्रदेशसभा सदस्यहरुलाई पनि काममा संलग्न गराउन सकिने बताइएको छ ।
बिहीबारको बैठकमा अर्थमन्त्री यादवले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम विशेष समिति गठनको प्रस्ताव पेश गरेका थिए ।

अर्थमन्त्री यादवले पेश गरेको प्रस्तावमा भनिएको छ, ‘प्रदेश सरकारको विभिन्न निकायहरुमा आर्थिक वर्ष २०७८÷७९ मा कार्य सम्पन्न भई केही योजनाहरुको भुक्तानी बाँकी रहेको अवस्था सर्वविदितै छ । जसले गर्दा चालू आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारको काम कारवाहीले गति लिन सकिरहेको छैन् भने अर्कोतिर भुक्तानी नहुने समस्या पटक पटक आइरहेको अवस्था समेतलाई मध्यनजर गर्दै सभाबाट सरकारलाई निर्देशन दिंदै यो समस्याको समाधान गर्न तथा पछि पनि यस्तो समस्या नआउने गरि योजनाहरुको छानविन गरि यकिनसहितको निर्देशनको लागि उपसभामुख इशरको नेतृत्वमा समितिको कार्यक्षेत्र, कार्यअवधि, कार्यविधिसहित उच्च स्तरीय संसदीय छानविन समिति २०७९ को प्रस्ताव पेश गर्दछु ।’

सभामुख रामचन्द्र मण्डलले अर्थमन्त्री यादवले प्रस्तुत गरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेसँगै सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।
अर्को सूचना नभएसम्मका लागि मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
खाद्य ऐन निर्माणका लागि मन्त्री कुशवाहालाई बुझाइयो ज्ञापनपत्र

खाद्य ऐन निर्माणका लागि मन्त्री कुशवाहालाई बुझाइयो ज्ञापनपत्र

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य