TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मिथिला माध्यमिकी परिक्रमाको आज तेह्रौ दिन मडइमा विश्राम गर्दै


मिथिला माध्यमिकी परिक्रमाको आज तेह्रौ दिन मडइमा विश्राम गर्दै
ADVERTISEMENT

मिथिला माध्यमिकी परिक्रमा शनिबार (आज) महोत्तरीको मडइ पुगेर विश्राम गर्ने छ ।


यस अघि बिहीबार ऐतिहासिक लक्ष्मीनारायण मठ अवस्थित रहेको मटिहानीबाट शुक्रबार जलेश्वर पुगेर रात्रि विश्राम गरेको थियो । भने शनिबार परिक्रमाका यात्रीहरुले मडइमा रात्रि विश्राम गर्नेछन् । शुक्रबार परिक्रमा जलेश्वर पुगेको परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरुले स्वागत गरेका थिए । परिक्रमा यात्रीहरुले जलेश्वरनाथ महादेवको दर्शन गरेका थिए । परिक्रमा मेलाको अवसरमा स्थानीय तहमा विदा भएकोले पनि मेलाको उत्साह थपिएको थियो । जलेश्वर नगरपालिकाले सूचना जारी गरी एक दिने सार्वजनिक विदा दिएको थियो । सो अवसरमा जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा विशेष सरसफाइको साथै मन्दिरलाई बेहुली झैं सजाइएको छ । सो अवसरमा परिक्रमा यात्रीहरुको सुविधाका लागि नगर क्षेत्रमा विभिन्न संघ संस्थाहरुले निःशुल्क स्वास्थ्य शिविरलगायतको व्यवस्थापन समेत गरेको थियो ।

धनुषाको ठेरा कचुरी स्थित मिथिलाबिहारी स्थानबाट सोमबारदेखि सुरु भएको परिक्रमा यात्रा हनुमानगर (हनुमानगढी)मा रात्रि विश्राम गर्दै मंगलबार बिहानै कल्याणेश्वरको लागि प्रस्थान गरेको थियो । मंगलबार यात्रीहरुले कल्याणेश्वर स्थान (कलना)मा विश्राम गरेर बुधबार बिहान गिरिजास्थानको लागि प्रस्थान गरेको थियो । मिथिलाञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुनको औंशीदेखि सुरु भइ पूर्णिमासम्म नेपाल र भारतको गरी १ सय २८ किलोमिटरको दूरी तय गर्दै पुनः जनकपुरधाम पुगेर समापन हुने गरेको छ ।

अन्य वर्ष झैं यस वर्ष पनि मिथिला बिहारी र किशोरीजीको डोलाको साथ–साथ परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा हजारौं यात्रीहरु सहभागी छन्। हजारौं श्रद्धालु भक्तजनको भीडले १५ दिनसम्मको एउटा धार्मिक अभियानमा हिंडिरहेको यो १५ दिने परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटनस्थलको रूपमा अलग पहिचान दिएको छ । नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जलाउन लगिएको एक महिलाको शव प्रहरीको नियन्त्रणमा

जलाउन लगिएको एक महिलाको शव प्रहरीको नियन्त्रणमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य