TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जानकी मन्दिर परिसरमा कार्यक्रम गर्न रोक लगाइने


जानकी मन्दिर परिसरमा कार्यक्रम गर्न रोक लगाइने
ADVERTISEMENT

जनकपुरधाम, फागुन १९ गते । विश्वका हिन्दुहरूको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिर परिसरमा जानकी मन्दिरको कार्यक्रम बाहेक अन्य कार्यक्रम गर्नमा पूर्ण रुपमा निषेध गरिएको छ ।


धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा आज अधिकृत सङ्गमको सभाकक्षमा भएको सर्वपक्षीय बैठकबाट जानकी मन्दिर परिसरमा जानकी मन्दिरको आयोजनामा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रम बाहेक अन्य कुने कार्यक्रम गर्नमा निषेध गरेको छ ।

हालै मात्र जनकपुर साहित्य महोत्सव जानकी मन्दिर परिसरमा सम्पन्न भएका थिए । अब जानकी मन्दिरमा त्यस्ता कार्यक्रम गर्नमा निषेध गरेको छ । जानकी मन्दिरमा कार्यक्रम गर्दा मन्दिर फोहर हुनुका साथै सुरक्षा चुनौती बढ्ने भएको भन्दै कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय सर्वपक्षीय बैठकले गरेको छ ।

तर जानकी मन्दिरले परम्परा देखि आयोजना गर्दै आएको विवाहपञ्चमी, रामनवमी जस्ता धार्मिक कार्यक्रमहरू गर्नमा कुनै प्रकारको अवरोध नहुने बैठकले निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिए । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

जानकी मन्दिर परिसरमा कार्यक्रम गर्दा हालै मात्र लगाइएको मार्बल फुट्ने गरेका छन् । यसै गरि जानकी मन्दिर वरिपरि रहेको पसलहरू पनि व्यवस्थित गरिने भएको छ । यसका साथै परिसर बाहिरको भागमा पूजाका लागि आवश्यक भएको फूल, माला तथा टिकाहरू व्यवस्थित रुपमा बिक्री वितरण गर्ने निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
यसै गरि जनकपुरधामको अर्को धार्मिक महत्त्वको जनक मन्दिरले विद्युत् महसुल नबुझाएको भन्दै काटिएको विद्युत् लाइन हालका लागि जडान गरिदिने निर्णय भएको छ । विद्युतको बाँकी बक्यौताको विषयमा आवश्यक प्रतिवेदन पेश गर्नका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी, गुठी संस्थान, विद्युत् प्राधिकरण, जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले समस्या समाधानका लागि प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको महसुल विभिन्न मठ मन्दिर, कार्यालय तथा जनकपुरधाम उपमहानगरपालिकाको सडक बत्ती बापत बक्यौता रहेको भन्दै प्राधिकरणले पटक पटक महसुल माग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मालपोत कार्यालय जलेश्वरबाट दुई जनालाई पक्राउ

मालपोत कार्यालय जलेश्वरबाट दुई जनालाई पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य