जनकपुरधाम, फागुन २० गते । धनुषाकोस्थित प्रसिद्व शक्तिपिठ राजदेवी मन्दिरबाट चोरी गर्ने पाँचजनालाई प्रहरीले हथियारसहित पक्राउ गरेको छ ।
धनुषाको रमदैयास्थित मन्दिरमा यहि १४ गते राति ताला तोडी मन्दिरबाट देवीको चाँदीको मुर्ती सहितको गरगहनाहरु चोरी गर्ने गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा क्षिरेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमान, वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद, विदेह न.पा. वडा नं. ४का बर्ष २१ को मोहमद हबगुल्ला साह, सोही वडाका बर्ष २२ का नर्मुदिन साह, कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतोरहेका छन् ।









तपाईको प्रतिक्रिया