जनकपुरधाम, चैत १० गते । दाइजो मुद्दाका आरोपी डा. पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा. चौधरीले काठमाडौंमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेपछि गत पुस २२ गते महोत्तरी जिल्ला अदालतको आदेशमा डा. चौधरी पुर्पक्षमा जलेश्वर कारागार गएका थिए ।
जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा. चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा. चौधरीलाई छाड्न आदेश दिएको थियो । डा. चौधरी सोहीबमोजिमको धरौटी बुझाएर (शुक्रबार) जेलमुक्त भएका छन् ।
जिल्लाकै औरही नगरपालिका–५ घर भएका नेहा चौधरीसँग तीन वर्षको प्रेमपश्चात् २०७८ फागुन २५ गते डा पङ्कज चौधरी र नेहा चौधरीको विवाह सामाजिक परम्परा अनुसार विवाह भएको थियो । तर विवाहको चार महिनापछि नै पति पत्नीबीच तनाव र झैझगडा हुन थालेपछि दुवै जना एक अर्काप्रति मुद्दामा गएका थिए ।









तपाईको प्रतिक्रिया