जनकपुरधाम, चैत १२ गते । महोत्तरीजिल्लास्थि पिपरा गाउँपालिकाको अतिक्रमित बाटोमा निर्माण प्रक्रिया अगाडी बढाइएको छ ।
पिपरा गाउँपालिका वडा नं. ६ स्थित रतनपुरमा बर्षौ देखि जिर्ण अवस्थामा अतिक्रमित बाटो खाली गराई फराकिलो हुने गरि निर्माण प्रक्रिया अघि बढाइएको हो ।
जिर्ण अवस्थामा रहेको अतिक्रमित बाटो स्थानीयले छोड्न नमानेपछि बाटो निर्माणमा विवाद उत्पन्न भएको थियो ।
उक्त विवाद समाधानमा गाउँपालिका अध्यक्ष जानकीराम यादवले स्थानीयसँग छलफल गरी अतिक्रमित बाटो वरीपरीका संरचना भत्काई बमटो निर्माण प्रक्रियालाई सहज बनाएका छन् ।
अब त्यस वडामा बाटो निर्माणमा कुनै समस्या नरहेको स्थानीयले बताएका छन् ।









तपाईको प्रतिक्रिया