जनकपुरधाम, चैत १२ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गोविन्द पौडेल हाजिर भएका छन् ।
आईतबार नगरपालिकाका प्रमुख जीतनारायण यादवले अधिकृत पौडेललाई हाजिर गराएको हुन् । यसअघि सोही नगरपालिकाका ईन्जिनीयर लखनदेव यादवले आर्थिक र प्रशासनिक कार्यभार सम्हाल्दै आएका थिए ।
दिउँसो नगरपालिका प्रमुख, उपप्रमुख तुलसा पाण्डे, ईन्जिनीयर लखनदेव यादव, लेखा अधिकृत शिवनारायण साहसहित नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा पौडेल हाजिर भएका हुन् ।









तपाईको प्रतिक्रिया