TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रास्वपाले क्लिन स्वीपको नारासहित तीनै क्षेत्रमा उम्मेदवारको घोषणा


रास्वपाले क्लिन स्वीपको नारासहित तीनै क्षेत्रमा उम्मेदवारको घोषणा
ADVERTISEMENT

काठमाडौं, चैत १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीपको नारासहित तीन क्षेत्रमा हुने उपचुनावका लागि उम्मेदवारहरु घोषणा गरेको छ ।


रास्वपाले चितवन क्षेत्र नम्बर २ मा सभापति रवि लामिछाने, बारा २ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएको छ ।

१० वैशाखमा हुने उपचुनावका लागि पर्सि २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

चितवन २ मा रास्वपाका उम्मेदवार लामिछाने ४ मंसिरमा यही क्षेत्रबाट विजयी भएका थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले १३ माघमा सांसद पद खारेज गरेपछि उनी उपचुनाव लड्न लगेका हुन् ।

 

बारा २ का उम्मेदवार खरेल सुशासन पार्टीका अध्यक्ष हुन्, जो ४ मंसिरको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार थिए । तर उनी पाँचौं स्थानमा रहे । यो पटक भने उनले बारा २ मा रास्वपाबाट उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

अर्थशास्त्री वाग्लेले भने बिहीबार मात्र कांग्रेस परित्याग गरेका थिए । उनी मंसिरको चुनावमै कांग्रेसमा टिकटका आकांक्षी थिए । गोरखा, चितवन १ र काठमाडौं ५ मध्ये जहाँ भए पनि चुनाव लड्ने बताएका उनले टिकट नै पाएनन् । सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणाका कारण टिकट नदिइएको र त्यसपछि पनि निरन्तर अपमान भएकाले कांग्रेस छाडेको उनको तर्क छ ।

‘जनताको लागी सक्यो ह्वीप, उपनिर्वाचनमा क्लिन स्वीप’ को नारा दिएको रावस्पाका नेताहरुले तीन वटै क्षेत्रमा उपचुनाव आफ््नो दलले जित्ने दाबी गरेका छन् । उम्मेदवारी घोषणाका लागि शनिबार पार्टी कार्यालय, धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा सभापति लामिछानेले भने, ‘यो उपचुनावमा हार्ने छुट छैन । स्वर्णिम वाग्लेलाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन, रमेश खरेललाई हराउने कल्पना गर्न सक्दैन÷हुँदैन ।’

 

वाग्ले र खरेलले व्यक्तिगत जीवनमा कमाउन पर्ने सबै कमाएको र समाजलाई केही दिन्छु भनेर राजनीतिमा आएकाले उनीहरुको संसदमा उपस्थित हुनुपर्ने लामिछानले बताए । दुबैलाई जितको शुभकामना दिएका लामिछानेले अघि भने, ‘हामी तीनै भाइ यहीँ विजय उल्लासका लागि जम्मा हुने छौं भन्ने आशा लिएको छु ।’

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य