काठमाडौं, चैत १९ गते । निर्वाचन आयोगले उपनिर्वाचनका लागि सोमबार मनोनयन पेश गर्न जाँदा व्यानर, झण्डा, बाजागाजासहित जान नपाइने जनाएको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार आयोगको तर्फबाट विज्ञप्ति जारी गर्दै सो निर्देशन जारी गरेका हुन् ।
आयोगले भोलि सोमबार उप निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ । चितवन क्षेत्र २, तनहुँ क्षेत्र १ र बारा क्षेत्र २ का लागि भोलि मनोनयन दर्ता हुँदैछ । भोलि विहान १० देखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाइने समय आयोगले निर्धारण गरेको छ ।









तपाईको प्रतिक्रिया