काठमाडौं, चैत २० गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव सोमबार बिहान सो अस्पताल पुगेका हुन् ।
पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना हुुनुभएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ । अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।









तपाईको प्रतिक्रिया