काठमाडौं, चैत २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताइन् ।
सञ्चारीका समूहको २६ औं नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताएकी हुन् ।
मन्त्री शर्माले भनिन्, “सरकार पत्रकार महिलाका विषयमा गम्भीर छ, के गरेर सहयोग गर्न सकिन्छ, सल्लाह गरेर अघि बढौँ ।” उनीले आमसञ्चार विधेयक सञ्चार मन्त्रालयले अधि बढाएर पत्रकारलाई तालिम दिनेखालको एकेडेमी निर्माण गर्ने र त्यसले महिलाको व्यावसायिकतामा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कानुनमा बाध्यकारी व्यवस्था नभएसम्म महिलाले अवसर पाउने अवस्था नभएको उल्लेख गर्दै मन्त्री शर्माले महिलाको विकास भनेको समग्र मानवको विकास हुने बताउनुभयो ।









तपाईको प्रतिक्रिया