जनकपुरधाम, चैत २२ गते । मधेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाइ बाहिरिएको हो ।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला बालबालिका युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले पदबाट राजीनामा दिएका हुन् ।
१० पुसमा बनेको ७ दलको गठबन्धन अनुसार एमाले केन्द्रसँगै मधेस प्रदेश सरकारमा सहभागी भएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमालेले मंगलबार मधेश सरकार छाडेको छ ।









तपाईको प्रतिक्रिया