वीरगञ्ज, चैत २५ गते । वीरगञ्ज महानगरपालिले वडा नं. १० घडीअर्वास्थित रामजानकी मन्दिरको जग्गामा भएको अतिक्रमण हटाएको छ । अतिक्रमण गरी बनाइएको संरचना महानगरले शनिबार डोजरको सहायताले हटाएको हो ।
तीन दशक भन्दा बढी समयदेखि मन्दिर प्रवेशमा समेत रोक लगाएर जग्गा अतिक्रमण गरि निर्माण गरिएको पक्की संरचनाबाट पूजारीले भाडा समेत असुली गर्दै आएका थिए ।
मठमन्दिर तथा सार्वजनिक, ऐलानी जग्गा खोजी अभियान अन्र्तगत मन्दिरको जमिन अतिक्रमण गरेर बनाइएको संरचना भत्काइएको मेयर राजेशमान सिंहले बताए । अतिक्रमण हटाउन मेयर सिंह स्वयं घडिअर्वा पुगेका थिए ।
१९८२ सालदेखि रामजानकी मन्दिरको नाममा रहेको जग्गामा पूजारी तिवारीले तीनतिरै पक्की संरचना बनाएर भाडामा लगाएका थिए ।
मन्दिर परिसरमा बनेका सबै संरचना हटाएर मन्दिरलाई पुरानै अवस्थामा फर्काएर दैनिक पूजापाठ हुने गरि संचालनमा ल्याउने मेयर राजेशमान सिंहले बताए ।









तपाईको प्रतिक्रिया