TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

उच्च स्तरीय छानविन समितिको समयअवधि बढाइयो


उच्च स्तरीय छानविन समितिको समयअवधि बढाइयो
ADVERTISEMENT

जनकपुरधाम, चैत २७ गते । मधेस प्रदेशसभामा गत आर्थिक वर्षका योजनाहरुको छानविन गर्न गठन गरिएको उच्च स्तरीय संसदीय छानविन समितिले समयमा काम गर्न नसकेपछि समयावधि पुनः बढाइएको छ ।


गत फागुन ४ गते उपसभामुख बविताकुमारी राउत इशरको सभापतित्वमा गठन गरिएको समितिलाई ३० दिनको समय दिइएकोमा सो अवधिमा काम गर्न नसकेपछि बैशाख मसान्तसम्मको समय थपिएको हो ।
अर्थमन्त्री सञ्जय यादवले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम विशेष समिति गठनको प्रस्ताव गरेका थिए ।

सो प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो । तर, समितिको पहिलो बैठकमै उपसभामुख इशरले पदबाट राजीनामा दिएपछि फागुन १६ गते लोकतान्त्रिक समाजवादी पार्टीकी रानीकुमारी तिवारीलाई सभापति बनाइएको थियो ।

समितिले पाएको समयभित्र ४ वटा जिल्लामा मात्र छानविन गर्न सकेको छ । समितिले बारा, पर्सा, रौतहट र सार्लहीमा स्थलगत निरीक्षण गरेको छ भने महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा बाँकी रहेको सभापति तिवारीले सोमबार बसेको प्रदेशसभा बैठकमा जानकारी दिइन् । उनले ५२९ योजनाको स्थलगत निरिक्षण गर्नुपर्ने भएपनि प्रदेश सरकारले अहिलेसम्म सबै योजनाहरुको फाइल नपठाएको आरोप लगाइन् ।

उनले भनिन्, ‘गत आर्थिक वर्षको योजनाहरुको छानविनका लागि सम्पन्न योजनाहरुको विवरण तथा प्राविधिक कर्मचारी प्रदेश सरकारसँग ७ दिनभित्र माग गर्दा उपलब्ध गराइएन ।’

प्रदेश सरकारले छानविनमा सहयोग नगरेकाले समस्या भएको सभापति तिवारीले आरोप लगाइन् । उनले समितिले करारमा प्राविधिक कर्मचारी तथा विज्ञ भर्ना गरेर योजनाहरुमाथि कामकारवाही प्रारम्भ गरेको बताउँदै बाँकी योजनाहरुको छानविन तथा स्थलगत निरीक्षणका लागि बैशाख मसान्तसम्मको समय मागेपछि समय बढाइएको हो ।
समितिमा प्रदेशसभा सदस्यहरु कनिष पटेल, रत्नेश्वर गोइत यादव, श्यामप्रसाद पटेल, सुनिलकुमार यादव, बच्चा राउत अहिर, राजकुमार

गुप्ता, मो. समीर, हरिनारायण महतो, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जयनुल राइन, रानी कुमारी तिवारी, उर्मिलादेवी सिंह, कञ्चन बिक्षा, विमला अन्सारी, अनिरुध कुमार सिंह र प्रमोद कुमार जैसवाल रहेका छन् ।

सोमबारको बैठकमा प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत पेश भएको छ । सामाजिक विकासमन्त्री सुरीताकुमारी साहले सो विधेयक पेश गरेकी हुन् ।

प्रदेशसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगीत भएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
राष्ट्रिय सभाको बैठकमा दुई विधेयक पारित

राष्ट्रिय सभाको बैठकमा दुई विधेयक पारित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य