जनकपुरधाम, चैत २८ गते । सूचनाको अभावमा सरकारकारी निकायमा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरु पहुँचबाट टाढा हुँदै गएका छन् ।
सोमबार जनकपुरधाममा राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको सूचना तथा सञ्चारमा पहुँचको अवस्था तथा आवश्यकतासम्बन्धी गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।
फरक क्षमता भएका सहभागीहरु सूचना तथा सञ्चारको अभावमा सरकारी निकायमा समेत विभेद भइरहेको प्रति गुनासो गरेका छन् । सङ्घीयता आएर देशमा तीन तहको सरकार स्थापना भएपनि फरक क्षमता भएका व्यक्तिहरुले पूर्ण रुपले अधिकार नपाएको गुनासो गरेका छन् । त्यसैले फरक क्षमता भएका व्यक्तिहरुलाई मध्यनजर गर्दै सरकारको रहेक निकायमा फरक क्षमता भएकालाई अवसर, सूचनामा पहुँचका लागि दोभाषे तथा प्रत्येक पालिकामा अपाङ्गता कोष स्थापना गर्नुपर्ने आवश्यकता रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
फरक क्षमता भएकाले पनि सामान्य रुपमा जीवन बाँच्न पाउनुपर्ने भन्दै सहभागीहरुले सरोकारवाला निकायसँग आगामी दिनमा तीनै तहको सरकारसँग यसबारे छलफल गरेर योजना तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।
महासंघका अध्यक्ष केपी अधिकारीले अध्यक्षता गर्नुहु पहुँचयुक्त सूचना तथा सञ्चारसम्बन्धी अवस्थाको प्रस्तुतीकरणमा तीनै तहको सरकारले समन्वय गरेर अपाङ्गमैत्री कार्यक्रम बनाउनुपर्ने, सूचना प्रवाह हुनुपर्ने, सम्पूर्ण कार्यालयहरुमा हेल्पडेस्कको व्यवस्था गरिनु पर्ने, निर्माण हुने भौतिक संरचना पनि अपाङ्गमैत्री हुनुपर्नेलगायतमा जोड दिएका छन् ।
यसैक्रममा प्रदेश नीति तथा योजना आयोगका सचिव उद्धव रिजालले सिमित साधन स्रोतका बिच काम गर्नुपर्ने हुँदा कही कतै चुक हुनगएको बताए । यस्तै महिला बालबालिका तथा खेलकुद मन्त्रालयका सामाजिक शाखाका प्रमुख देवकुमारी खत्रीले अपाङ्गता भएकाहरु समाजभन्दा पहिला घरबाटै विभेदमा परेको हुन्छन् त्यसैले अपाङ्गता भएकाहरुको छाता संगठनले सबैलाई समेटेर लैजाँदा कार्यक्रम सञ्चालन गर्न सहज हुने बताइन् ।
कार्यक्रममा सूचना तथा सञ्चार क्षेत्र फरक क्षमता भएकाहरुको पहुँचको सवालमा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्रदेशमा नयाँनयाँ सञ्चारमाध्यम खुलेका छन् सबैसँग समन्वय गरेर जान केही समय लाग्ने हुँदा नीजि सञ्चारमाध्यमा दोभाषेको समस्या आएको बताए । सांकेतिक भाषामा सूचना दिने प्रयत्न गरिरेको समेत जानकारी दिए ।









तपाईको प्रतिक्रिया