जनकपुरधाम, वैशमख ११ गते । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पु¥याएका छन् ।
जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ र आम जनता पार्टीका अरुण ज्ञवालीले २०६ मत पाएका छन् ।









तपाईको प्रतिक्रिया