TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

राष्ट्रपति पौडेलको आगमनमा सर्वदलिय बैठक


राष्ट्रपति पौडेलको आगमनमा सर्वदलिय बैठक
ADVERTISEMENT

जनकपुरधाम, जेठ २० गते । राष्ट्रपतिको आगमनमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधीसभा सदस्य विमलेन्द्र निधिको विशेष पहलमा सर्वदलिय बैठक बसेको छ ।
शनिबार जनकपुरधाम उपमहामनगरपालिकाको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम आगमन कार्यक्रम व्यवस्थापनका लागि उक्त बैठक बसेको हो ।
यहि जेठ ३१ गते जनकपुरधाम आउन लाग्नु भएको राष्ट्रपति पौडेलको स्वागत र नागरिक अभिनन्दन, सुरक्षालगायत व्यवस्थका लागि उक्त सर्बदलिय बैठकको आयोजना गरिएको हो ।
उक्त बैठकमा राष्ट्रपतिको स्वागतमा जनकपुरधाम भ्रमणका विषयमा जानकारी गराउनुहुँदै पुर्व उपप्रधान निधिले,‘ राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि मात्र जनकपुरधाम आउने अठोट लिएकाले विधेयक प्रमाणीकरण पश्चात उहाँ जनकपुरधाम आउन लाग्नु भएको बताउनुभयो । नागरिकता विहिन लाखौं युवाहरुको समस्या समाधान गरी राष्ट्रपति जनकपुरधाम आउन लागेका नेता निधिको भनाई छ । नेता निधीले भन्नुभयो,‘ राष्ट्रपति पौडेलको जनकपुरधाम आएर जानकी मन्दिरमा दर्शन गर्ने इच्छा पहिले देखि नै थियो र नागरिकता विधेयक प्रमाणीकरण गरेर मात्र जनकपुरधाम आउने अठोट पनि उहाँको थियो । त्यसकारण लाखौं युवाहरुको समस्या समाधान गरी राष्ट्रपति जनकपुरधाम आउन लाग्नु भएको हो ।’ राष्ट्रपतिले जनतालाई कुनै पनि मर्का नपर्ने गरी व्यवस्था मिलाउन भन्नुभएको नेता निधिले जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले धनुषाको सबै प्रत्यक्ष र समानुपातिक सांसदहरु सहितको मुल समिति बनाएर त्यसका अधिनमा अन्य उपसमितिहरु बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पुजापाठ देखि तिरहुतिया गाछीमा हुने भब्य स्वागत र नागरिक अभिनन्दनको कार्यक्रमका लागि तयारी गर्ने सर्वसम्मत निर्णय भएको बताउनुभयो ।
साथै बैठकबाट नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन मुल समारोह समितिले निर्णय गर्ने र जनकपुरधामको एक चौकमा राष्ट्रपतिद्वारा काठमाण्डौंको माइतीघर मण्डलामा रहेको जस्तै देशको ठुलो झन्डा ठड्याएर फहराउने निर्णय समेत भएको छ ।
विमानबाट जनकपुरधाम आउने राष्ट्रपतिलाई विमानस्थलदेखि जानकी मन्दिर र मन्दिरदेखि तिरहुतिया गाछीसम्म पुग्ने क्रममा सडकको दुवै छेउमा राष्ट्रिय झण्डा सहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आ आफनो कार्यकर्ता र नागरिक समाजलाई परिचालन गर्ने सहमती भएको छ ।
उक्त बैठकमा प्रदेशसभा सांसद रामसरोज यादव र दिपेन्द्र ठाकुरले पनि राष्ट्रपतिको भ्रमण सुखद रहेको बताउदै भब्य र व्यवस्थित बनाउन आफुहरु प्रदेश सरकारलाई समेत यसमा सहभागी गराउन पहल गर्ने बताउनुभयो ।
बैठकमा जनकपुरधामका उपप्रमुख किशोरी साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सहितका प्रशासनिक निकायका प्रमुखहरु, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहित दलका नेतासहित नागरिक अगुवाहरुको उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
परम्परादेखि चल्दै आएको छाउपडी कुप्रथा

परम्परादेखि चल्दै आएको छाउपडी कुप्रथा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य