TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

परम्परादेखि चल्दै आएको छाउपडी कुप्रथा


परम्परादेखि चल्दै आएको छाउपडी कुप्रथा
ADVERTISEMENT

पार्बती साउद
काठमाडौं, असार २४ गते ।छाउपडी कुप्रथा, कुसंस्कार परम्परादेखि चल्दै आएको छ । जुन कुसंस्कार सुदुरपश्चिम र मध्यपश्चिममा मात्र नभई नेपालभरी नै मान्दै आएका छन् । प्रायजसो हिन्दुधर्ममा धेरै विश्वास गर्ने समुदायका मानिसहरु नै छाउप्रथा मान्दै आएका छन् । रजश्वला तथा सुत्केरी भएका बेलामा जताभावी छुन नहुने, जताभावी छोएमा देवी देवता रिसाउने र पाप लाग्ने आदि इत्यादी धार्मीक अन्धविश्वास रहदै आएको छ । महिनावारीलाई धार्मीक भाषामा मासिक धर्म भनिन्छ । सुदुरपश्चिमका अछाम, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र मध्यपश्चिम लगायतका ग्रामिण भेगमा मात्र होइन नेपालभरी नै छाउप्रथा कायमै छ । यहि छाउप्रथा सुदुरपश्चिम र मध्यपश्चिम मात्रै कायम छ भन्नु गलत हो । कोही कोही यो प्रथालाई मान्दैनन् प्राय अधिकारकर्मी, पत्रकार, शिक्षीतवर्ग, जान्नेसुन्ने अगुवाहरुले पनि मान्दै आएका छन मान्छन फरक यति मात्र हो छाउगोठ बनाएर अलग्गै बसेका छैनन् कि व्यवस्थित तरीकाले छाउ बारेको देखिन्छ ।


सुदुरपश्चिममा छाउ भएका बेला महिलाहरु छाउगोठमा सुत्ने गर्छन । जाडो महिनामा त्यही छाउगोठमा सुतेका बेला आगो बाल्ने र तातो भएर निदाउछन । त्यही आगाको धुवाँका कारण बाजुरामा ३५ वर्षीया महिलासहित उनीसंगै रहेका २ जना छोराको निसास्सिएर मृत्यु भएको घटना अनि छाउगोठमा सुतेकै बेला अछाममा पनि महिलाको मृत्यु भएको घटनाले मात्रै व्यापक भएको हो । धेरैजसो ठाउँका महिनावारी भएको महिलाहरु चार दिनसम्म एउटा कोठाको विस्तारा मात्र प्रयोग गर्ने गरेको हामीले देखेका छौ । घरभित्र तथा बाहिर जताततै हिडडुल गरेपनि आफ्नो घरमा रहेको भगवान नछुने, पानी नछुने यो क्रियाकलाप निरन्तर चारदिन सम्म हुने गरेको पाइन्छ ।
सुदुरपश्चिमका यी यी ठाउमा छाउप्रथा छ भनेर बदनाम भएको त्यहाँका मान्छेलाई मन पर्दैन । पश्चिमका महिलाहरु महिनावारी भएर व्यवस्थित बासस्थानको प्रयोग नगरेका कारण अकालमा ज्यान गएको मात्र हो । महिनावारी भएका बेला र सुत्केरी भएको बेला घरमा भएका कुनै सरसामान छुन हुदैन भन्ने अन्धविश्वास त कायम छ । यो समयमा कसैलाई छुन नहुने घरदेखि टाढा बनाइएको सानो झुप्रोमा बस्न लगाइन्छ । सुत्केरी महिलालाई बाइसदिन र महिनावारी भएको महिलालाई नौ दिनसम्म घरदेखि टाढाको झुप्रो मै बस्न लगाइन्छ । त्यस्तो ठाउमा रहर नभई बाध्यताले बस्नुपर्ने हुन्छ । किनकी यो समाजको कुप्रथाले बाधेका कारण यो सब गर्नुपर्ने । महिनावारी भएका बेला दुधदही खाएमा र घरमा भएका अरु भाडाकुडा छोएमा देवीदेउता रिसाउने भयका कारण यो अन्धविश्वास मान्दै आएका छन् । महिनावारी भएका महिला र सुत्केरी महिलाले आफ्नो सरसफाइमा जतिसक्दो ध्यान दिनुपर्ने साथै प्रयाप्त मात्रामा पोषिलो आहारा खुवाइ आराम गराउनुपर्ने कुरा बुझेका छैनन् । हुनेखाने शिक्षित, सम्पन्न र सभ्य परिवारका छोरीबुहारी समेत महिनावारी भएको बेला घरमा पालिने गाईभैसीको दुधदही खान हुदैन भन्ने गरिन्छ र दिइदैन पनि । महिनावारी भएका महिलाले घरमा पालिने गाईभैसीको दुधदही खाएमा गाईभैसीले दूध दिन छोड्ने गर्छन भन्ने अन्धविश्वास रहेको छ ।

परम्परादेखि नै चल्दै आएको कुप्रथा र जनविश्वासका कारण महिनावारी भएका महिलालाई छोएका खण्डमा अशुद्ध भएको भनेर गाईको गहुत खुवाउने, सुनपानीको छोइछिटो हालेर शुद्ध भएको मानिन्छ । कुनै महिलाले परम्परागत कुसंस्कारलाई लत्याएर जथाभावी छुइछाई गरेमा घरका कुलदेउता रिसाउने र परिवारमा नोक्सानी पुगेको भनेर धामीझाक्री गर्ने खालका अन्धविश्वास मान्दै आएका छन् ।

घरदेखि टाढा झुप्रोमा बसेर आफ्नो ज्यानलाई दाउमा राखेर कुनै छोरीबुहारीलाई रहर छैन यो सब कुसंस्कारका कारण नै हो । यही छाउप्रथाका कै कारण विभिन्न ठाउँका महिला छोरीबुहारीहरु बलात्कार हुने, सर्पबिच्छी, लामखुट्टे लगायतका विषालु किराहरुले टोकेर मर्ने लगायतका घटनाहरु विभिन्न समाचारका माध्यमबाट सुन्नमा आउछन् ।

छाउपडी प्रथा जस्ता कुरीतीका विरुद्ध जनचेतना फैलाउने र छाउपडी गोठ भत्काउने अभियान नथालिएका होइनन् तर यस्ता अभियान प्रभावकारी हुनै सकिरहेका छैनन् । छाउपडीको नाममा संघसस्था खोल्ने अभियानकर्ताले नै आफ्ना घरका छोरी, बुहारी, श्रीमती आफ्ना आफन्तहरु महिनावारी हुँदा बार्ने गरेका पनि छन् भने यो अभियान कसरी निर्मूल हुन्छ । तिनै संघसंस्था चलाउनेहरुका मानसिक नै छुनुहुँदैन, अलग बस्नुपर्छ भन्ने छ भने त्यस्ता संस्थाहरुको के अर्थ? जबसम्म संस्थापकको मानसिकताले महिनावारीलाई सामान्य रुपमा लिनुपर्छ भनेर बुझदैनन् तब सम्म यो प्रथा कायम नै हुन्छ । यदि परम्परादेखिको कुरीतीलाई सामान्यरुपमा लिन सकिरहेको छैन भने घरमा त व्यवस्थित तरिकाले बस्न लगाएपछि कमसेकम छाउगोठमा यसरी ज्यान गयो भनेर समाचारको हेडलाइन त नबन्ला ।
यस्ता समाचारले कति निराश भइन्छ । घृणा लागेर आउछ जुन परिवारले महिनावारी भएको छोरीबुहारीलाई घरदेखि टाढाको झुप्रोमा बास बस्न पठाउछ, घृणा लाग्छ ती संघसंस्था देखेर जसले छाउपडी उत्थानका लागि भनेर पैसा कमाउछन । छाउपडीका कार्यक्रम ल्याएर गाउँ गाउँ जान नसक्ने शहरको कुनै होटेलमा कार्यक्रम गरेर प्रभावकारी हुँदैन संस्थापक महोदय । यस्ता घटना हुन नदिन अथवा नदोहोरिनलाई गाउँवस्तीमा गएर छाउपडीका बारेमा जनचेतना जगाएपछि परिवर्तन अवस्य हुन्छ । राजधानीबाट बोलेर, भाषण गरेर मात्र न त छाउप्रथाको अन्त्य हुन्छ न छाउबार्नेको मानसिकतामा केही परिवर्तन नै हुन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
Next Post

एक्काइसौँ शताब्दीमा पनि गर्भमै जाँच गरिन्छ, छोरा कि छोरी भनेर ?

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य