TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पोषण युक्त प्रदेश घोषण गर्न प्रदेश सरकार प्रतिवद्धः मुख्यमन्त्री यादव


पोषण युक्त प्रदेश घोषण गर्न प्रदेश सरकार प्रतिवद्धः मुख्यमन्त्री यादव
ADVERTISEMENT

जनकपुरधाम, साउन ८ गते । मधेश प्रदेश सरकारको समन्वयमा सञ्चालित पोषण सम्बन्धी प्रदेश स्तरी अन्तरक्रिया कार्यक्रमबाट ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले चार बुँदे प्रतिवद्धता पत्र जारी गरेको छ ।
रुडुकद्वारा सोमबार जनकपुरधाममा आयोजित पोषणमा गोलमेच सम्वाद कार्यक्रमबाट चार बुँदै जनकपुरधाम २०८० प्रतिवद्धता पत्र जारी गरेको हो ।
उक्त प्रतिवद्धता पत्रमा पोषण सुधारको क्षेत्रमा प्रदेश सरकार स्थानीय तह र सरोकारवाला निकायहरुबीच समन्वय गरी कुपोषणको अन्त्य गर्ने अभियानसँगै पोषणमैत्री र पोषण युक्त स्थानीय तह तथा प्रदेशको रुपमा घोषण गर्ने, परिवार केन्द्रित पोषण शिक्षा र पोषण विशेष कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गर्दै पोषणको कार्यक्रममा परिवारको सघन संलग्नता र सामाजिक व्यवहार परिवर्तन सँगसँगै गरीबी निवारणसँग सम्बन्धीत कार्यक्रमहरु मार्फत पोषणको क्षेत्रमा सुधार ल्याउने खालका कार्यक्रमहरु सञ्चालन गर्न सम्पूर्ण सरोकारवाला निकायहरुसँग समन्वय गरी पैरवी गर्न, मातृ तथा बालमृत्युदर न्यूनीकरण गर्न र कुपोषणको कारणहरुलाई कम गर्ने खालको क्रियाकलापहरु सञ्चालन गन एक्यवद्धता जनाउन र पोषण विशेष र पोषण सम्वेदनशील कार्यक्रमहरु सञ्चालन गरी पोषण सुधारका क्षेत्रमा रहेको चुनौतीहरुलाई सम्बोधन गरी अवसरहरुको लाभ लिन बहु सरोकारवाला निकायहरुसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने व्यहहोरा उल्लेख छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनु भएका मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले पोषण युक्त प्रदेश घोषण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले मधेशलाई कुपोषण मुक्त प्रदेश घोषण गर्न प्रदेशमा ल्याइने कार्यक्रमलाई स्वागत गर्ने प्रदेश सरकारले समन्वय समेत गर्ने बताउनुभयो ।
मुख्यमन्त्री यादवले शिक्षा, गरिबी तथा पोषणमा सुधार ल्याउन तीनै तहको सरकारसँग समन्वय गर्न प्रदेश सरकार तत्पर छ, भन्नुभयो ।
यसैगरी कार्यक्रममा उपस्थित भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले संघको आँखाबाट मधेश ओझेलमा परेको छ भन्नुहँदै जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताउनुभयो । उहाँले मधेश आन्दोलनपछि संघसंस्था प्रदेशमा आउन हिचकिचाउन थालेका छन्। आए पनि मुख्य सडक वा सदरमुकामका कार्यक्रम गरेर फर्किने गरेका छन् । मधेशका गाउँमा समस्या छन् त्यहाँसम्म पुग्न जरुरी छ, भन्नुहुँदैै कुपोषण मुक्त प्रदेश घोषण गर्ने प्रतिवद्धतालाई प्रदेश सरकारले सकारात्मक रुपमा लिने बताउनुभयो ।
यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरेन्द्रप्रसाद सिंहले ज्ञान र चेतना अभावले कुपोषण तिर प्रदेश लम्कदै छ त्यसैले कुपोषण् जस्ता रोग विरुद्ध लड्न एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले ६ महिनाभित्र पूर्ण खोप मुक्त प्रदेश घोषण गर्ने योजना प्रदेश सरकारको रहेको छ । त्यस्तै कुपोषण मुक्त प्रदेश घोषणा गर्ने अभियानमा एकजुट भएर लाग्न आग्रह समेत गर्नुभयो । मन्त्री सिंहले जनसंखयाका आधारमा प्रदेशमा बजेट दिनुपर्ने भन्नुहुँदै बजेट विनियोजनमा संघ र योजना आयोगको ध्यान मधेश प्रदेशमा नपरेको गुनासो समेत गर्नुभयो ।
रुडुकको संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभापति प्रतिनिधि सभा सदस्य डा. आरजु राणाले जुनसुकै विचार धाराको पार्टी भएपनि सबैको मुलमन्त्र भनेको देश विकास हो, भन्नुभयो । उहाँले मधेशमा धेरै परिवर्तन आए, धेरै कुरामा सुधार पनि भयो तर, अझैं स्वास्थ्यसँग जोडिएका समस्या निर्मुलन हुन नसकेको बताउनुहुँदै प्रदेश सरकारको योजनामा केन्द्रिय सरकारले पनि सहकार्य गर्नुपर्ने हुन्छ, भन्नुभयो ।
वर्ड भिजनको सहकार्य तथा मधेश प्रदेश सरकारको समन्वयमा आयोजित उक्त कार्यक्रममा वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मी, उद्योग वाणिजय तथा पर्यटनमन्त्री सुनीता यादव, बिना विभागीय मन्त्री सुरिता साह तथा प्रदेश सचिवहरुलागयतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आज खीर खाने दिन, साउन १५

आज खीर खाने दिन, साउन १५

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य