जनकपुरधाम, भदौ ६ गते । धनुषा जिल्लाका तीन पालिकामा शारीरिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरुका लागि परियोजना सञ्चालन गरिने भएको छ ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाले बुधबार जनकपुरधाममा एक कार्यक्रममा आयोजना गर्दै शारीरिक अपाङ्गता पुनस्र्थापना परियोजना कार्यक्रमको शुभारम्भ गरेको हो ।
परियोजनाको शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले पालिकामा मात्र नभएर यस्तो सरहानिय कार्य जिल्लास्तरमा सञ्चालन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले मधेशमा काम गर्ने थुप्रा संस्थाहरु छन् तर, यस संस्थाले धनुषामा सञ्चालन गर्न लागेको परियोजनाले यहाँका गरिब सिमान्तकृत र पिछडीएका वर्ग समेटिने हुँदा झन् प्रभावकारी हुने बताउनुभयो । परियोजनाको सफलताको शुभकामना दिँदै जिल्लास्तरमा समेत लागु गर्न आग्रह समेत गर्नुभयो ।
जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र मिथिला बिहारी नगरपालिकामा आयोजना गरिनेछ भने उक्त परियोजना साढे दुई वर्षसम्म सञ्चालन हुनेछ भने परियोजनाको लक्षित वर्गमा दलित, गरिब सिमान्तकृत तथा पिछडीएका शारीरिक अपाङ्गता भएका व्यक्ति, परिवार तथा समूह पर्नेछन् । परियोजनाको लक्षित उमेर समूह १८ वर्षसम्मलाई लिइएको परियोजनाका प्रमुख इरोज श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै उक्त कर्यक्रममा प्रदेश पुनस्र्थापना केन्द्र कोशी प्रदेशका ईन्चार्ज मधुसुदन अधिकारीले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बारे विस्तृत रुपमा ब्याख्या गर्दै विगतमा गरेका कार्यहरुको बारेमा जानकारी समेत दिनुभयो । अपाङ्गता भएका बालबालिता तथा व्यक्तिहरुको छानोट प्रक्रियादेखि उपचारको बारेमा बताउनुभयो । हिड्न नसक्ने बालबालिका अहिले आफै काम गरेर खाइरहेका छन् त्यो हाम्रो संस्थाको ठूलो उपलब्धी रहेको उहाँले बताउनुभयो । प्रकृति हेरेर उपचारको प्रकृया र समयको निर्धारण गरिने हुँदा केही समय लाग्ने ईन्चार्ज अधिकारीले बताउनुभयो ।
परियोजना सञ्चालन हुने जिल्लाहरुबाट ४ हजार ३२० जना प्रत्यक्ष लाभ लिन सक्नेछन् भने पहुँचयोग्य र उपयुक्त पुनस्र्थापना सेवाहरु मार्फत शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तर सुधार गर्न योगदान पुर्याउने लक्ष्य परियोजनाले लिएको छ ।
यस्तै परियोजनाले स्थानीय सरकार, साँझेदार संस्था, अपाङ्गता भएका व्यक्तिहरुका संस्थाहरुसँग समन्वय र सहकार्य गरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई शारीरिक पुनस्र्थापना सेवाहरु उपलब्ध गराउने छ भने स्थानीय सरकार र संघसंस्थाहरुको समन्वयमा घुम्ती स्वास्थ्य तथा पुनस्र्थापना शिविरमार्फत अपाङ्गता भएको व्यक्तीहरु पहिचान गरी उपचार तथा पुनस्र्थापना सेवा उपलब्ध गराउने छ ।
यस्तै शल्यक्रिया र पुनस्र्थापना आवश्यक पर्ने शिविरहरुमा पहिचान गरिएका आर्थिक रुपमा वञ्चित परिवारहरुका सदस्यहरुलाई उपयुक्त स्वास्थ्य संस्थाहरुबाट सेवा प्रदान गरिने संस्थाले जनाएको छ ।
अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका व्यवस्थापक प्रकाश यादवको अध्यक्षतामा आयोजित परियोजनाको शुभारम्भ कार्यक्रमलाई धनुषाका परियोजना सञ्चालन हुने तीन स्थानीय तह र लाइफ नेपाल धनुषाले समन्वय तथा सहकार्य गरेका थिए भने अस्ट्रेलियन ऐड र विश्वव्यापी असक्षमता समावेश यस परियोजनाका साझेदार संस्था रहेका छन् ।
उक्त कार्यक्रममा परियोजना सञ्चालन हुने धनुषाका तीन वटै पालिकाका जनप्रतिनीधि तथा कर्मचारी, प्रादेशिक अस्पताल जनकपुरधामका सूचना अधिकारी डा. रामनरेश पण्डित, अपाङ्ग महासंघका प्रदेश अध्यक्ष किरण पासवानलगायतको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया