TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सिमाक्षेत्रका सिमास्तम्भहरु मर्मत गरिँदै


सिमाक्षेत्रका सिमास्तम्भहरु मर्मत गरिँदै
ADVERTISEMENT

जनकपुरधाम, कात्तिक १६ गते । दिपावली नजिकिँदै गर्दा मधेश प्रदेशको आठवटै जिल्लाको भारतीय सिमानाकामा रहेको सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार र रंगरोगनको काम सुरु गरिएको छ ।


नेपाल सशस्त्र प्रहरी बलले बिहीबारबाट सीमानाकाका सीमास्तम्भको पुर्ननिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको हो ।

दिपावलीको आगमन हुदै गर्दा घर, पसल र गाँउ टोलको पनि सरसफाई मात्र होइन रंगरोगनको काम समेत धमाधम भइरहेका बेला सिमा सुरक्षाको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी बले सिमा स्तम्भहरुको रंगरोगन तथा सरसफाइमा जुटेका हुन् ।

मधेशका करिब चार हजार भन्दा बढि सीमास्तम्भहरु रहेकोमा अहिलेलाई १ हजार सिमास्तम्भको मर्मत र रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं। २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताउनुभयो ।

मधेशको आठवटै जिल्लामा  आजबाट सो कार्य  प्रारम्भ भएको हो भने धनुषाका मात्र करिव १ सय ५० भन्दा माथि सीमास्तम्भको मर्मत र रंगरोगन हुने शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्लले बताउनुभयो । धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिकाको वडा नं। २ जटही नाका छेउको सिमा नं। २८५÷४ बाट सो कार्यको शुभारम्भ गरिएको हो ।

२०७७ साल श्रावन १९ गतेको मन्त्री परिषद निर्णयबाट सिमाका ति स्तम्भहरु मध्ये विजोरा नम्वरका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सो कार्यको थालनी भएको बताइएको छ । दुवै पक्षका सिमा सुरक्षाबलका प्रमुखहरुले यसले सिमा स्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सदभाव र प्राविधिक जटिलताको समाधान हुने बताउनुभयो ।

सीमावर्ती पालिकाका प्रमुखहरुले पनि काम ठिकै भएपनि सिमा सम्बन्धमा कुनै पनि निर्णय गर्दा मात्र काठमाण्डौं र दिल्लीका प्रतिनिधि दुवै देशको राजधानीमै बसेर कुनै ठोस निर्णय गर्न नहुने सुझाव दिन्छन् । उहाँहरुले सुरक्षाकर्मीको काम ठिकै भएपनि नितिगत कुराहरुमा सीमावर्ती जनताको सुझावको स्वामित्व समेत हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा नगराई नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जय कुमार यादव, सम्बन्धित वडा अध्यक्ष, शसस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षक दिनेश मल्ल, नेपाल पत्रकार महासंघकी अध्यक्ष मनिका झा, जिल्ला प्रशासन कार्यालय धनुषा सहितका प्रतिनिधीहरुको उपस्थिती थियो । दुवै तर्फका सिमा सुरक्षाबलका जिल्ला प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।

यस अघि कात्तिक १ गते सशस्त्र प्रहरी बल मधेश प्रदेश मुख्यालयले बर्दिवासमा मधेशका सिमावर्ती १ सय ४३ वडाका वडा अध्यक्षहरुलाई जम्मा गरि सिमासुरक्षा, समस्या, चुनौती र समाधान बारे सुझाव लिएका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
टिभिएसको ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला सुरु

टिभिएसको ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला सुरु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य