नेकपा एमालेकी प्रतिनिधीसभा सदस्य पुर्व मन्त्री जुली महतोले जनकपुरधाम उपमहानगरपालिकामा स्थानिय सरकारले जनचाहना अनुसार काम गर्न नसकेको भन्दै विभिन्न आरोप लगाएकी छन् । जनकपुरधामको कपिलेश्वरनाथ मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना महतोले भनिन, ‘घरदैलोको क्रममा जनताको धेरै व्यथा र गुनासो सुनियो, सबै हेर्दा वर्तमान स्थानिय सरकार निक्कमा जस्तो लाग्छ ।’
उनले प्रतिनिधीसभा र प्रदेशसभा आफुहरु जिते पनि दुवै तर्फ आफुहरुको सरकार नहुँदा समस्या भइरहेको बताइन् । उनले मधेशको राजधानी जनकपुरधाम र अर्को शहर बिरगंज महानगरपालिकामा एउटै बजेट दिँदा बिरगंजले सबै काम सकेर देखाएको बताउदै जनकपुरधाम उपमहानगरपालिकाले एक पैसा समेत खर्च गर्न नसकि बजेट फ्रिज गराएको आरोप लगाइन ।
प्रदेश सांसद दिपेन्द्र ठाकुरले जनकपुरधामका मेयर र वडा अध्यक्षहरु भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । सरसफाईको नाममा ट्रयाक्टर किन्यो तर त्यसको पछाडि लाखौंको भ्रष्टाचार भइरहेको उनको तर्क छ । दिपावलीको दिन मात्र ६६ लाख सरसफाईमा मात्र खर्च भएको सुनाउदै उनले बजेट खर्च र काम किन हुन सकिरहेको छैन ? भन्ने प्रश्न जनताले समेत गर्नुपर्ने बताए ।
एमालेका तर्फबाट मेयरका प्रत्यासी शिव शंकर साह हिराले जो सुकैलाई पनि एक सावा वर्ष काम गर्न समय दिनुपर्ने भएकाले आफुहरु अहिले सम्म मौन बसेको बताउदै सकारात्मक काममा साथ दिने र नराम्रा काम विरुद्व कदम अगाडि बढाउने पहल भइरहेको बताए । उनले नालामा खसेर बच्चाको जान जाने सम्मको असंवेदनशिल घटना र त्यस पछाडिका कमि कमजोरी पनि समाधान गर्न नसक्नु बिडम्वना भएको बताए ।
सो अवसरमा प्रतिनिधीसभा सदस्य प्रतिक्षा तिवारी, प्रदेश सांसद पल्टी महरा सहितका नेता, नेतृ र स्थानिय नेता कार्यक्रताहरुको सहभागिता थियो । पत्रकार सम्मेलन अगाडि सांसद महतो र ठाकुर सहितकाले कपिलेश्वरनाथ मन्दिरमा दर्शन तथा पुजापाठ गरेका थिए ।








तपाईको प्रतिक्रिया