TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

उपराष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता


उपराष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता
ADVERTISEMENT

काठमाडौं, पुस १९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङले भेटवार्ता गर्नुभएको छ ।
शनिबार हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपसचिव युगाङसहित चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति यादवसँग भेटवार्ता गर्नुभएको हो ।


भेटमा उपराष्ट्रपति यादव र उपसचिव युगाङबिच दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौंदेखि रही आएको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरुमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र अरु उच्च बनेकोमा खुशी व्यक्त गर्नुभयो । ‘‘हाम्रा दुई मुलुकहरुले हाम्रो लामो इतिहास बोकेको मित्रवत सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्त्व दिएका छन्,’’ राष्ट्रपतिले भन्नुभयो ।

उपराष्ट्रपति यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले हाम्रो सम्बन्धलाई थप उचाईमा पुर्याउने तथा सहकार्यका क्षेत्रमा थप विस्तार हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रहँदै झण्डै सात दशकयता नेपालको विकास प्रयासमा पुर्याउदै आएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।

‘‘नेपाल सन् २०२६ सम्म अल्पविकसित देश ९एलडीसी० को श्रेणीबाट स्तरोन्नति हुन गइरहेको र हाल हामीले कोभिड पश्चात आर्थिक पुनस्र्थापनामा जोड दिएको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु’’ उहाँले भन्नुभयो, ‘‘नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करीब १४ प्रतिशत रहेको छ । यसलाई बढोत्तरी गर्न थुप्रै सम्भावनाहरु छन् भन्ने लाग्दछ ।’’

यसैगरी, उपसचिव युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउनुहुँदै नेपाललाई विशेष महत्त्व दिएरै यो सम्भव भएको बताउनुभयो ।

‘‘नेपाल र चीनबीच प्राचिनकालदेखि कायम रहेको सांस्कृतिक सम्बन्धलाई भगवान गौतम बुद्धको सिद्धान्तले थप प्रगाढ बनाएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपाल र चीनबीच धेरै समानता छ । यो समानताकै कारण दुई मुलुकबीच उच्चस्तरीय र जनस्तरीय भ्रमणहरु बढी हुने गरेको छ ।’’

उहाँले नेपाल, चीनको सबैभन्दा नजिकको छिमेकी मित्र राष्ट्र भएको जनाउनुहुँदै छिमेकीसँगको सम्बन्ध राम्रो हुनु पर्ने बताउनुभयो । ‘‘आफू मात्रै खुशी भएर हुँदैन, छिमेकी पनि खुशी हुनुपर्दछ । छिमेकीसँग जीवनमरणको सम्बन्ध हुनुपर्दछ, यसले सम्बन्धलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउदछ ।,’’ महामहिम युगाङले भन्नुभयो, ‘‘हामी मान्छे–मान्छेसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छौ । अगामी दिनहरुमा हाम्रो सम्बन्ध थप मजबूत हुँदै जाने विश्वास व्यक्त गर्दछु ।’’

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post

Overcoming Codependency in Ties

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य