TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव


समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव
ADVERTISEMENT

 


जनकपुरधाम, वैशाख ९ गते ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समावेशी मूल्य संरक्षण गर्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
जनकपुरधाममा स्वतन्त्र युवा प्रजातान्त्रिक संघद्वारा आयोजित ‘नेपालको समृद्धिमा भारतको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । उहाँले लोकतन्त्रको सार सबै जातजाति, भाषा, लिङ्ग र क्षेत्रका नागरिकको सहभागिताबाट मात्र सम्भव हुने बताउनुभयो ।
“देश अहिले लोकतान्त्रिक प्रणालीमा अगाडि बढिरहेको छ, तर यो प्रणाली सफल बनाउन सबैको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नुपर्छ,” डा. यादवले भन्नुभयो, “संविधानले दिएको समावेशी संरचना रक्षा गर्न सके मात्र संघीयता मजबुत हुन्छ ।”
उहाँले परिवर्तनको यात्रामा जनताको बलिदानको कदर गर्दै जनताको भरोसालाई कायम राख्न राज्य संयन्त्र जिम्मेवार र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा, स्वास्थ्य, रोजगार र समावेशी प्रशासनको विकासले मात्र जनविश्वास बढ्ने उहाँको धारणा थियो ।
साथै डा. यादवले विगतमा भारत र भारतीय जनताको सहयोगले नेपालमा लोकतान्त्रिक आन्दोलन सफल भएको स्मरण गर्दै अब प्राप्त उपलब्धिको संस्थागत विकासमा लाग्नुपर्ने सुझाव समेत दिनुभयो । उहाँले सबै दलहरूलाई राष्ट्रिय मुद्दामा एकजुट हुन आग्रह गर्दै चुरे दोहन रोक्न र कृषिको संरक्षणमा साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
गोष्ठीमा अन्य वक्ताहरूले पनि समावेशी दृष्टिकोणबाट विकास र नीति निर्माण हुनुपर्नेमा जोड दिएका थिए।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल–भारत सम्बन्धलाई ‘रोटी–बेटी’को सम्बन्धको संज्ञा दिँदै भारतको भूमिकामाथि प्रश्न उठाउनु अघि नेपालले आफ्नो भूमिका स्पष्ट गर्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भारतसँगको सम्बन्ध सुदृढ गर्न नीति परिमार्जन आवश्यक रहेको बताउनुभयो । उहाँले भारतीय पर्यटकका लागि सहज नीति आवश्यक रहेको, साथै भारतद्वारा दिइने छात्रवृत्तिमा मधेशी समुदायका लागि आरक्षण सुनिश्चित गर्नुपर्ने माग समेत राख्नुभयो ।
यसैगरी सभामुख रामचन्द्र मण्डलले भारतको आर्थिक सहयोग सराहनीय भए पनि राजनीतिक हस्तक्षेपले जटिलता सिर्जना गरेको उल्लेख गर्नुभयो ।
भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत देवी सहाय मिणाले भारत नेपालकै सबैभन्दा ठूलो विकास साझेदार भएको बताउनुभयो । उहाँले अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालनका लागि छलफल भइरहेको जानकारी पनि दिनुभयो ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अरविन्द महतोले गर्नुभएको थियो भने अनय वक्ताहरूले पनि नेपाल–भारत सम्बन्ध सम्मान, सहकार्य र विश्वासमा आधारित हुनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
८औं सडक सुरक्षा सप्ताहः जनकपुरधाममा सडक सुरक्षासम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

८औं सडक सुरक्षा सप्ताहः जनकपुरधाममा सडक सुरक्षासम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य