नेकपा एमालेबाट धनुषा ३मा उम्मेदवारी दिएकी जुली कुमारी महतोले परिवर्तनको नारा दिनेहरु झुठको पुलिन्दा मात्रै बुनिरहेको आरोप लगाएकी छन् ।
जनकपुरधाम वडा नम्बर १स्थित रेल्वे स्टेशनमा रहेको हनुमान मन्दिरमा पूजा अर्चना गरेर मंगलबार घरदैलो कार्यक्रमको शुरुवात गरेकी उम्मेदवार महतोले नया पुरानोको नारा दिएर परिवर्तनको वाचा गरिरहेका उम्मेदवार झुठको पुलिन्दा बुन्ने काम मात्रै गरिरहेको आरोप लगाइन् । उनले यहाँका मतदाता नेकपा एमालेको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई विश्वास गरिरहेको दावी गरिन् । महतोले भनिन् ‘यहाँका जनतालाई थाहा छ सांसद बन्नकै लागि परिवर्तनको नारा दिइँदै छ, पहिले पनि सांस्द भई सकेका व्यक्तिले नयाँको नारा दिनु जनतालाई बरगलाउनु हो ।’
यहाँका जनता व्यवस्था परिवर्तन होइन विकासकालागि उद्देश्य परिवर्तन खोजिरहे्को दावी गर्दै जुलीले देश विकासको उत्तम खाका एमाले संग मात्रै रहेको कुरा यहाँका मतदातालाई राम्ररी थाहा छ बताइन् ।
एमालेको जनकपुरधाम वडा १का सभापति अर्को पार्टीमा प्रवेश गरेको प्रसंगलाई कोट्याउँदै जुलीले वडा सभापतिले पार्टी छोड्नु भनेको संगठन नै समाप्त भयो भन्ने होइन बताइन् । उनले उहाँ जहाँ जानु भएको छ एमालेलाई नै सहयोग गर्नु हुन्छ भन्दै व्यङ्गय गरिन् ।
उम्मेदवार जुलीले घर दैलोको क्रममा मतदाताहरुको समस्या समेत सुनेकी थिइन् भने समस्या समाधानकालागि हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।









तपाईको प्रतिक्रिया