मधेसमा किशोर किशोरी कुलतमा फसिरहेको समयमा त्यसविरुद्ध सन्देश दिने उद्देश्यले जनकपुरधाममा मनिष झा ११ र ज्ञानेन्द्र मल्ल ११बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
रास्वपाबाट धनुषा ३मा उम्मेदवारी दिएका मनिष झाले युवाहरु कुलतमा नफसोस र परिवर्तनको आवाजलाई बुलन्द पार्नकालागि यो मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गरिएको बताए ।
जनकपुरधामको रंगभूमि मैदानमा मनिष झा ११ र ज्ञानेन्द्र मल्ल ११बीच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता बिहिबार खेलिएको हो । प्रतियोगिता हार वा जीतकालागि नभई परिवर्तनको सन्देश मतदातासम्म पुर्याउने अभिप्राय मात्रै रहेको उम्मेदवार झाले बताए ।
खुल्ला सीमाका कारण धनुषा ३ मात्र नभई मधेसकै युवा दुव्र्यसनमा फस्दै गईरहेका छन्, उनले भने ‘हामीले आजको खेलमा ‘से नो टु ड्रग्स’को ब्यानर लिएर खेल मैदानमा थियौँ ।’ यसको अभिप्राय युवाहरुलाई खेलप्रति जागरुक बनाउनुका साथै दुव्र्यसनबाट जोगाउने रहेको झाले बताए ।









तपाईको प्रतिक्रिया