TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मिस्टर एण्ड मिस थारुको अडिसन भोलिदेखि शुरु हुने


मिस्टर एण्ड मिस थारुको अडिसन भोलिदेखि शुरु हुने
ADVERTISEMENT

काठमाडौं : तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन यही माघ २४ गते (भोलि)देखि शुरु हुने भएको छ ।


वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगिताको देशका विभिन्न शहरहरुमा एकै साथ अडिसन हुने भएको छ । आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी अडिसनको सबै तयारी पुरा भइसकेको जानकारी दिएको हो ।

जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले अडिसनको सम्पूर्ण तयारी पुरा भइसकेको भन्दै भने,‘अडिसनस्थलदेखि सहभागिहरुको तयारी पुरा भइसकेको छ, फागुन पहिलो सातासम्म अडिसनका सबै काम सकिन्छ ।’ अडिसनको पहिलो दिन माघ २४ गते चितवनको भरतपुरस्थित लाइम एण्ड लेमन लङज, विराटनगरको इनर्जी वल्र्ड जिम एण्ड फिटनेस सेन्टर र नेपालगञ्जको स्वस्तिक कटेज एण्ड गार्डेन रिसोर्टमा अडिसन हुनेछ ।

यस्तै माघ २८ गते सुनसरीको झुम्कास्थित सोउल म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ । फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने प्रवन्ध निर्देशक चौधरीले बताए ।

अडिसनपछि छनोट भएका प्रतिस्पर्धीहरुको काठमाडौंमा प्रशिक्षण गरिने छ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए । प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदिप चौधरीले जानकारी दिए ।

पहिलो र दोस्रो संस्करणको सफलतापछि आयोजकले कोभिडका कारण ढिला गरी प्रतियोगिता आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै इभेन्ट मेन्टर निश्मा चौधरीले यस प्रतियोगिताले युवायुवतीहरुलाई व्यक्तित्व विकासमा टेवा पुर्याउनुको साथै कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताइन् ।

उनले मिस्टर एण्ड मिस थारु सिजन १ र २ मा कोरियोग्राफीको भूमिका निर्वाह गरेकी थिइन् । सम्मेलनमा बोल्दै सिजन २ की फस्ट रनरअप सुनेश्वरी कुमारी दासले यस प्रतियोगिताले आफ्नो व्यक्तित्वको विकासको साथै समाजप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको बताइन् । उनले प्रतियोगिता पश्चात पनि सहभागिहरुले विभिन्न अवसरहरु पाउने भएकाले यस सिजनमा सहभागि हुन युवायुवतीहरुलाई आग्रह गरेकी छिन् ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
Next Post
नेपाल टेलिकमको १७ औं वार्षिकोत्सवमा मुलुकभर फोरजी विस्तार गर्न निर्देशन

नेपाल टेलिकमको १७ औं वार्षिकोत्सवमा मुलुकभर फोरजी विस्तार गर्न निर्देशन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य