TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आज कोरोनाविरुद्धको पहिलो डोज लगाउने अभियान सकिँदै, दोस्रो चरणको रणनीति बनाउँदै


आजसम्म १ लाख ७१ भन्दा बढीले लगाए कोरोना खोप
ADVERTISEMENT

काठमाडौ : नेपालमा कोरोना भाइरवरूद्धको पहिलो डोजको खोप अभियान आज सकिँदै छ ।


स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकसहित अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई लक्षित गरि माघ १४ बाट नेपालमा कोरोना खोप अभियान सुरू भएको थियो ।

आज शुक्रबारसम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले पहिलो डोजको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमतीमा ५९ हजार ९ सय ४२, गण्डकीमा १७ हजार ३ सय १५, लुम्बिनीमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन् ।

दैनिक खोप लगाउनेको औषत संख्यालाई आधार मान्दा शनिबारसम्म खोप लगाउनेको संख्या २ लाख पनि पुगेन । सरकारले ३ सयभन्दा बढी खोप केन्द्रबाट खोप लगाउने घोषणा गरे पनि शुक्रबारसम्म २०१ केन्द्रबाट मात्र खोप उपलब्ध गराएको थियो ।

खोप लगाउन गरिएको आह्वान लक्षित वर्गसम्म नपुग्नु, सदरमुकाम केन्द्रित खोप केन्द्रमा सबैको पहुँच नहुँनु तथा खोप लगाउन अनिवार्य नगरिएकाले पनि पहिलो डोजको खोप लगाउन मानिसहरूको सहभागिता कम भएको हुन सक्ने सरकारी अधिकारीहरूको भनाइ छ । ‘खोप खेर नजाओस् भनेर हामीले ७७ वटै जिल्लामा सदरमुकाम केन्द्रित खोप केन्द्र सञ्चालन गर्यौँ यसले मानिसहरूमा पहुँच नपुगेको हुन सक्छ, खोप केन्द्र थप विस्तार गर्दैछौँ अरू चरणमा पक्कै पनि सहभागिता बढ्छ,’ स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख एवं खोप विज्ञ डा.झलक शर्मा गौतमले भने ।

भारतले नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप अनुदानमा उपलब्ध गराएपछि लगाउन थालिएको थियो । पहिलो डोज खोप लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज दिइनेछ । ‘कोभिशिल्ड’को दोस्रो डोज अहिले प्राप्त अनुदानकै खोपबाट पुग्नेछ । यसबाट उग्रिएको खोप नयाँ समूहलाई दिइने छ । खेर जाने दर १ प्रतिशतभन्दा पनि कम भएकाले साढे ४ लाख जनालाई अहिले उपलब्ध भएकै खोप पुग्ने गौतमले बताए ।

दोस्रो चरणको रणनीति : पहिलो चरणको पहिलो डोज लगाउनेहरूकै संख्या कम देखिएपछि खोप लगाउनेको जनसहभागिता बढाउने गरि रणनीतिमा सरकार अघि बढेको छ । दोस्रो चरणको खोप अभियानमा सहभागिता पनि बढ्ने गरी सूचना सम्प्रेषण बढाउने, मानिसहरूमा भएको अन्यौलता हटाउने तथा खोप केन्द्रहरू बढाउने गरि छलफल अघि बढेको डा.गौतमले बताए ।

दोस्रो चरणको खोप लगाउनेहरूको प्रारम्भिक सूचीसमेत तय भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणमा जोखिमका आधारमा विभिन्न पेशामा आवद्धहरूलाई खोप लगाइने छ । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २२ लाख ५६ हजार खोप पाउने छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिम अर्थात फागुन पहिलो साताबाट सुरु गर्ने जनाएको छ । कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शीर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तर्गत ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको छ ।

उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएको हो । नेपालले पाउने खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको हुनेछ । खोपमा सबै राष्ट्रको पहुँचका लागि कोभ्याक्सले करिब २४ करोड खोप आष्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गर्ने खोप खरिद गर्ने सम्झौता गरेको छ ।

प्रकाशित :माघ २४, २०७७

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आफ्नै छोरीमाथि गोली हानी हत्या

आफ्नै छोरीमाथि गोली हानी हत्या

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य