TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

च्याम्पियन्स लिगमा हुने १६ खेलका लागि स्थान पक्का


च्याम्पियन्स लिगमा हुने १६ खेलका लागि स्थान पक्का
ADVERTISEMENT

काठमाडौं : युरोपियन फुटबल संघ (युईएफए) ले च्याम्पियन्स लिगको अन्तिम १६ का खेलहरु सञ्चालन हुने स्थान पक्का गरेको छ ।


कोभिडका कारण स्पेन, जर्मनीलगायतका मुलुकले यात्रामा प्रतिबन्ध लगाएका कारण केही खेलहरु ‘न्यूट्रल भेन्यू’ तर्फ सारिएको छ । युईएफएका अनुसार स्पेनी क्लब एथलेटिको म्याड्रिड र प्रिमियर लिग क्लब चेल्सीबीचको खेल रोमानियाको राजधानी बुकारेस्टमा आउँदो फेब्रुअरी २३ मा खेलाइनेछ । स्पेनले इंगल्यान्डबाट आउने यात्रुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि च्याम्पियन्स लिग खेल सारिएको हो ।

पूर्वतालिका अनुसार खेल एथलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोटिानो रंगशालामा हुने थियो । दोस्रो लेगको खेल भने चेल्सीको स्टाम्फोर्ड ब्रिजमै हुनेछ ।

त्यस्तै इंगल्यान्डकै म्यानचेस्टर सिटी पनि च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनल खेल्न तटस्थ मैदान पुग्नेछ । सिटीको बोरुसिया मन्चुनग्लाडबागसँगको खेल फेब्रुअरी २४ मा बुडापेस्टको पुस्कास ऐरेनामा सञ्चालन हुनेछ । लिभरपुल र अर्को जमृन प्रतिद्वन्द्वी आरबी लाइपजिगबीचको खेल पनि बुडापेस्टको पुस्कास ऐरेनामै हुनेछ ।

लाइपजिगको घरेलु रेडबुल ऐरेनामा हुने भनिएको खेल फेब्रुअरी १६ मा हंगेरीको राजधानीतर्फ सारिएको हो । जर्मनीले बेलायतबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि अन्तिम १६ को पहिलो लेगको खेल स्थान्तरण गरिएको हो ।

त्यसैगरी युरोपा लिगका केही खेलहरु पनि न्यूट्रल भेन्यूतर्फ सारिएको छ । पोर्चुगिज क्लब बेनफिका र आर्सनलबीचको खेल इटालीको रोममा हुनेछ । युरोपियन क्लब फुटबलमा दोस्रो श्रेणीको लिग मानिने युरोपाको अन्तिम ३२ को पहिलो लेगको खेलमा बेनफिका र आर्सनल फेब्रुअरी १८ मा रोमको ओलम्पिक रंगशालामा आमनेसामने हुनेछ ।

पोर्चुगल पुगेर फर्कने बेलायतीले अनिवार्यरुपमा १० दिन आइसोलेसनमा रहनुपर्ने भएपछि बेनफिका र आर्सनलबीचको खेल रोममा सञ्चालन गरिने भएको हो । म्यानचेस्टर युनाइटेड भने स्पेनी क्लब रियल सोसिडाडको चुनौति सामना गर्न इटालीकै टुरिन पुग्नेछ ।

युभेन्टसको घरेलु मैदानमा हुने सो खेल फेब्रुअरी १८ मा खेलाइनेछ । युरोपा लिगकै मोल्डे र होफनहाइनबीचको खेल स्पेनको भिल्लारियलमा हुनेछ । स्विडीस मोल्डे र जर्मन टोलीबीचको खेल स्पेनी क्लब भिल्लारियलको घरेलु मैदान एस्टाडियो डे ला सेरामिकामा फेब्रुअरी १८ मा खेलाइने जनाइएको छ ।

प्रकाशित :२९ माघ, २०७७

 

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
बंगलादेश र वेष्ट इण्डिजबीचको दोस्रो टेस्ट शुरु

बंगलादेश र वेष्ट इण्डिजबीचको दोस्रो टेस्ट शुरु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य